२२ साउन, काँकरभिट्टा : नेपाल विद्यार्थी संघ काँकरभिट्टा बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजित प्रतियोगितामा नगरका ९ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा लोफोफोरस अंग्रेजी मा.वि. प्रथम, एमिटी पब्लिक स्कुल द्वितीय र तारापुञ्ज अंग्रेजी मा.वि. तृतीय भएका थिए ।
प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका सहभागी विद्यार्थीहरुलाई प्रमुख अतिथि नेपाली काँग्रेस क्षेत्रीय सचिव विशाल तामाङ्गले पुरस्कार वितरण गर्नुभएको थियो ।
नेपाल विद्यार्थी संघ काँकरभिट्टा बहुमुखी क्याम्पस इकाई सभापति भरत चम्लागाईंको अध्यक्षतामा सञ्चालित कार्यक्रममा विशिष्ट अतिथि स्वतन्त्र विद्यार्थी युनियन सदस्य कौंशल उप्रेती, विद्यार्थी नेता अभिषेक दाहाल, नेविसंघ इकाई उपसभापतिद्वय सुरज चिमरिया र बरदान खड्का, कोषाध्यक्ष निशा धमला, सदस्य सौरभ आचार्य, सदस्य अनुराग चौधरी लगायतको उपस्थिति थियो भने कार्यक्रमको सञ्चालन इकाई सहसचिव प्रकाश दाहालले गरेका थिए ।