Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह दुर्घटना / विपद्

मेचीनगरमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण कार्य सुरु : हात्तीको उपद्रो कम हुनेमा विश्वास

  • लक्ष्मी उप्रेती लक्ष्मी उप्रेती
  • December 5, 2022
  • 1:31 PM
  • No Comments
भित्र दुर्घटना / विपद्, प्रदेश-१, मुख्य समाचार, मेचीनगर अपडेट, राष्ट्रिय, स्थानीय समाचार
188 1
A A
Share on FacebookShare on Twitter
मेचीनगरमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण कार्य सुरु : हात्तीको उपद्रो कम हुनेमा विश्वास

१९ मंसिर, मेचीनगर: जंगली हात्तीको उपद्रो रोक्न झापाको मेचीनगरमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण कार्य सुरु भएको छ । २०७५ सालमा तात्कालिन प्रतिनिधिसभा सदस्य राम कार्की, १ नम्बर प्रदेशसभा सदस्यद्वय गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका तात्कालिन प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले यस विषयमा सम्बन्धित मन्त्रालयहरुमा पुगेर पटक पटक ध्यानाकर्षण गराउनु भएको थियो ।

उहाँहरुकैे पहलमा राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवारका लागि क्षेत्र निर्धारण गर्न ‘स्ट्रिङ इञ्जिनियरिङ्ग प्रालि’ले तयार गर्ने विस्तृत परियोजना प्रतिवेदन डीपीआरका विषयमा सम्बन्धित सरोकारवालाहरुसँग समेत नगरपालिकाले छलफल र अन्तरक्रिया र तथा सुझावलाई समेत समेटेर विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्ने निष्कर्शमा पुगेको थियो । योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भएसकेपछि निर्माण कार्य शुरु हुन लागेको हो। त्यसकै परिणाम अनुसार पहिलो चरणमा १५ किलोमिटरसम्मको निर्माण कार्य शुरु भएको मेचीनगर नगरपालिकाले जनाएको छ ।

सोमबार डिभिजन वन कार्यालय झापा, राष्ट्रिय प्रकृति संरक्षण कोष, प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, १ नम्बर प्रदेशसभा सदस्य गोपाल तामाङ मेचीनगर नगरपालिकाका निमित्त प्रमुख मीना पोखरेल उप्रेती, निवर्तमान नगरप्रमुख विमल आचार्य,मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देल, हातेमालो सामूदायिक वनका प्रतिनिधिहरुबीच भएको छलफलले पहिलो चरणमा १५ किलोमिटरसम्मको निर्माण कार्य शुरु गर्ने निर्णयसहित काम थालनी गरिएको इञ्जिनियर अनिल पोखरेलले बताउनुभयो ।

पहिलो चरणमा मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाको सीमा हातेमालो वनक्षेत्रबाट नेपाली सेनाको क्याम्पहुँदै चारआली महेन्द्रराजमार्ग सडकखण्डसम्मको ६ र राजमार्गबाट हातेमालो, कालिका, वासबारी भएर मागुरमाडी बीट नम्बर १ र २ सामूदायिक वनसम्मको ९ गरी जम्मा १५ किलोमिटरसम्म ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माणकार्य शुरु भएको मेचीनगर नगरपालिकाका निमित्त प्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो ।

विर्तामोडको हरियाली सामूदायिक वनदेखि मेचीनगरको चारआली वन खण्डहुदैँ मागुरमाडी वन मुल खण्डसम्म ५७ दशमलव ७ किलोमिटरमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण हुने भएपनि बाँकी काम दोस्रो चरणमा हुने बताइएको छ । जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्नका लागि केही दिनअघिदेखि प्राविधिकको टोलीले सो क्षेत्रमा सर्भेको काम सम्पन्न गरेको थियो । विद्युतीय तारवार गर्न क्षेत्र निर्धारणका लागि ‘स्ट्रिङ इञ्जिनियरिङ्ग प्रालि’ले सर्भेको जिम्मा पाएको थियो । विर्तामोड नगरपालिकाको हरियाली सामुदायिक वन हुँदै मेचीनगरको प्रगति सामुदायिक वन मेचीनगर—१२, हातेमालो सामुदयिक वन मेचीनगर— १४, थोप्लेविराम सामुदायिक वन मेचीनगर—९, माथिल्लो मागुरमाडी मेचीनगर— ९ को वीट नम्बर १ र २,वासबारी सामुदायिक वन मेचीनगर— ११, कालिका सामुदायिक वन मेचीनगर— १२, आदर्श सामुदायिक वन बुद्घशान्ति —३, नवज्योति सामुदायिक वन वन बुद्धशान्ति, पाचपोखरी सामुदायिक वन बुद्घशान्ति —५, बहुवन सामुदायिक वन मेचीनगर— ३, तेलपानी सामुदायिक वन मेचीनगर—३ को क्षेत्रमा सर्भेको काम सम्पन्न गरेको ‘स्ट्रिङ इञ्जिनियरिङ्ग प्रालि’ले जनाएको छ ।

वस्ती तथा पर्यटकयि स्थल र सामूदायिक वनका कार्यालयहरुलाई बाहिर पारेर तथा हात्तीका लागि वैकल्पिक बाटो राखेर चुरेक्षेत्रलाई समेत ध्यानमा राखेर निर्माण गरिने छ । ‘हात्तीको समस्या दिर्घकालिनरुपमा समाधान गर्न आवश्यक पहलकदमीमा स्थानीय सरकार लागेको छ ’ मेचीनगर नगरपालिकाका निमित्त प्रमुख उप्रेतीले भन्नुभयो—‘ २०७५ सालमा तात्कालिन प्रतिनिधिसभा सदस्य राम कार्की, १ नम्बर प्रदेशसभा सदस्यद्वय गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका तात्कालिन प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले यस विषयमा सम्बन्धित मन्त्रालयहरुमा पुगेर पटक पटक ध्यानाकर्षण गराएका थियौं त्यसैको परिणाम स्वरुप काम शुरु भएको छ । ’

नगरको अत्यधिक हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा यसअघि हात्ती प्रवेश गर्ने सीमावर्ती क्षेत्रका एकदर्जन गौडामा अपनाइएका अनेकौ“ उपाय असफल भएपछि सरकार सोलार फेन्सिङ निर्माण गरी हात्तीलाई सीमावर्ती क्षेत्रमै रोक्ने निष्कर्षमा पुगेको थियो । ८० देखि ९० प्रतिशत हात्ती आतंक ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवारले रोकेको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।

मेचीनगरवासी जंगली हात्तीको चपेटामा परेकाले मेचीनगरसहित जिल्लामा देखिएको जंगली हात्तीको आतंक दीर्घकालिन समाधानमा स्थानीय सरकार गम्भीर भएर लागेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिनुभयो । अहिले नगरका ३, ९, ११, १२, १३ र १४ नम्बर वडामा जंगली हात्तीले निक्कै आतंक मच्चयाइरहेका छन् । नगरप्रमुख बुढाथोकीले जंगली हात्तीको क्षति न्यूनिकरण गर्न जिल्लाका विभिन्न स्थानमा गरिएको ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवारको उदाहरण दिदैं यसले जंगली हात्तीबाट हुने क्षति न्यूनिकरण हुने विश्वास व्यक्त गर्नुभयो । यो योजनालाई सफल बनाउन हरेक क्षेत्र लाग्न समेत नगरप्रमुख बुढाथोकीले आग्रह गर्नुभयो । वनसँग जोडिएका बस्ती बढी प्रभावित भएकाले वनको समेत संरक्षण हुने गरी ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार गर्ने उहाँको भनाई छ । जंगलमा आहारा नपाएपछि हात्ती आहाराको खोजीमा गाउँ पसेर आतंक मच्चाउँदैं घरमा राखेको अन्नपात खाएर नष्ट पार्ने गरेको छ ।

जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि इलामको जिर्मले—३ दुधेदेखि झापाको मेचीनगर—६ सम्म १८ किलोमिटर दुरीमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्नुअघि नेपाल छिरेका हात्ती फर्कन नपाएको र ती नै रैथाने हात्तीले रातभर स्थानीयलाई दुःख दिने गरेका छन् । उहाँले पछिल्लो समय ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवारकै कारण मानिसको मृत्यु भएको घटना बढिरहेकाले तारवारको उचित व्यवस्थापनमा जोडदिनुभयो । क्रमागत वजेट अनुसार वन मन्त्रालयको हाल ३ करोड रुपैयाँबाट राष्ट्रिय प्रकृति संरक्षण कोषले कामको थालनी गर्ने छ ।

 

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा
धर्म / संस्कृति

भद्रपुर नगरपालिकामा आज स्थानीय बिदा

February 5, 2023
एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम
प्रदेश-१

एनप्याब्सन खेलकुद महोत्न्सव सम्पन्न : लोक नृत्यमा इडन गार्डेन र इष्ट होराइजन मावि जिल्ला प्रथम

February 4, 2023
शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड
मुख्य समाचार

शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

February 3, 2023
चैत ५ गते स्ववियू निर्वाचन
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

February 3, 2023
असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया
कानून / अपराध

असल नियतले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गरेका छौं : थपलिया

February 3, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

यी हुन् १६५ नवनिर्वाचित सांसद (नामावली)

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In