Thursday, June 24, 2021
- बिज्ञापन -
गृह धर्म / संस्कृतिविकासको नाममा खुवालुङ नष्ट नगर्न प्रतिष्ठानकाे माग

विकासको नाममा खुवालुङ नष्ट नगर्न प्रतिष्ठानकाे माग

२६ जेठ, काठमााडौं : थुलुङ राई संस्कृति प्रतिष्ठानले विकासको नाममा खुवालुङ नष्ट नगर्न माग गरेको छ। बुधबार प्रतिष्ठानले एक प्रेस विज्ञप्ति जारी गरी किराँती समुदायको मुन्दुमी आस्थाको केन्द्र खुवालुङ नष्ट नगर्न सरकारसँग माग गरेको हाे।

प्रतिष्ठानका अध्यक्ष निर्कुधन राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘किराती समुदायको आस्थाको केन्द्रलाई योजनाबद्ध तरिकाबाट नामेट पार्ने सरकारी कदम खेदजनक छ,विकल्प हुँदाहुँदै विकासको नाममा योजनाबद्ध तरिकाले नियोजित रूपमा किराँती समुदायको आस्थाको केन्द्र खुवालुङलाई नष्ट गर्न पाइँदैन।’

प्रतिष्ठानले बरु त्यसको संरक्षण गरी आन्तरिक एव बाह्य पर्यटन प्रवर्द्धनमार्फत मुलुकको आर्थिक विकासमा उपयोग गर्ने रणनीति तयार गर्न सबै तहको सरकारसँग माग गरेको छ।

जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गर्दै कोशी नदीको चतरादेखि भोजपुरसम्म जल यातायात सञ्चालन गर्न जलमार्गमा रहेको अवरोध हटाइने बताएका थिए।

यी अविव्‍यक्तिले धनकुटा, भोजपुर र उदयपुरका संगमस्थल सप्तकोशीमा तमोर,अरुण र दूधकोशी नदी मिसिएको स्थान त्रिवेणीमा रहेको खुवालुङ भत्काउने सरकारको मनशाय रहेको भन्दै किराती समुदायहरू विरोध जनाइरहेका छन्।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु