होली पर्वका विभिन्न प्रसंगहरु

३ चैत्र, काठमाडौंँ : उपत्यकामा होली फागुन शुक्ल अष्टमीका दिन बसन्तपुर कुमारीघरको दाहिने कुनामा नेपालमा प्रचलित विभिन्न जातजातिले पहिरने कपडाको छत्रलिङ्ग चीर गाडेपछि पूर्णिसम्म आठ दिनसम्म चल्छ । होली पूर्णिमा नेपालका तराईबासी र भारतबासीले अत्याचारी शासक हिरण्यकश्यपुकी बहिनी होलीका दहनका रुपमा पूर्णिमाको भोलिपल्ट मनाउछँन् भने नेपालको हिमाली र तिब्बतमा ल्होसार नयाँ वर्षको अन्तिम पूजाको रुपमा यो पर्व मनाउँछन् ।हिमालीपारीको जिल्ला मुस्ताङका थकालीहरु तोरन्ह कूलपूजा गरी यो पर्व मनाउछन् । तर राजधानी नेवारहरुले मनाउने होलीको कथा प्रसंग भने ल्होसार र होलिका दहन भन्दा छुट्टै रहेको छ। सिंहसार्थ बाहु( गरुढ महाराज) ल्हासा व्यापार गर्न जाँदा राक्षसनीहरुको प्रेम जालमा फसी आफ्ना ७ सय ब्यापारी साथी उनीहरुको आहारा बने पनि आफू करुणमयको प्रतापले बच्न सफल भएको खुशीयालीस्वरुप होली पर्व मनाउने गरिएको किंबन्दी छ ।

holi festival, Nepal

होलीमा गुरुमापालाई सिंगै राँगाको र एकमुरी चामल

उपत्यकाको छुट्टै आख्यान अनुसार परापूर्वकालमा थबहिल (ठमेल) निवासी प्रख्यात व्यापारी सिंह सार्थबाह आफ्ना ७ सय व्यापारीका साथ तिब्बतको ल्हासा पुगेर फर्किने क्रममा ब्रम्हपुत्र नदी पार गर्न लाग्दा अति सुन्दरी केटीको भेषमा राक्षसनीहरुले प्रेम जालमा फसाउँछन् र राति राक्षसीले आहारा बनाइदिन्छ । तर सिंहसार्थ बाहु मात्र करुणामय भगवानको प्रतापले वायुपङ्खी घोडामा बसी काठमाडौ पुग्न सक्षम हुन्छन् । उही खुशीयालीमा प्रत्येक वर्ष वसन्तपुर कुमारीघरनेर चीर उठाई हर्षोल्लासपूर्वक सप्ताहव्यापी होली मनाउन थालिएको बताइन्छ । उनी राक्ष्सीको प्रतिकृति स्वरुप फागुन पुर्णिमाको रात बसन्तपुरको चीर लगी टुँडीखेलमा दहन गर्ने र इतुम्बहाल बाट एउटा सिङ्गै राको मासु र एकमुरी चामको भाग लगी गुरुमापा राक्षसलाई चढाउने गरिन्छ ।

चकंद्यो थँबहि जात्रा

फागुन शुक्ल अष्टमीको दिन वसन्तपुरम चीर उठाएकै दिन ठमेलस्थित विक्रमशील महाविहार(सिंहसार्थ बाहु) थबहिलको गजुरदेखि भुईसम्म तोरणपताकाद्धारा अभिषेक गरेपछि होली पर्व शुरु हुन्छ । आठदिने होलि पर्वपछि विधिपूर्वक चीर जलाएपछि थँबहिलको चकँद्य जात्रा ज्याठा, छुस्या बहाल, असन, इन्द्रचोक, हनुमानढोका, कुमारीघर मरु गणनेश लागयत नगरपरिक्रमा गरी मनाइन्छ ।त्यहाँबाट प्याफल, नरदेवि, टेंगाल, बाङ्गेबुढा, ठँहिटी, क्वबहाल हुँदै थँबहिल भित्र्याएपछि चकँद्य( सिहसार्थ बाहु) जात्रा सम्पन्न हुन्छ ।

चाँगुनारायण खटजात्रा

भक्तपुरको चाँगुनारायण वंश गोपालकृष्ण रथयात्रा प्रत्येक वर्ष फागुन पूर्णिमाको दिन भव्य खटजात्रा हुने गर्दछ । कृष्णराधा बीचको रंग खेललार्य आधार बनाई हुने चांगुनारायण वंश गोपाल खट जात्रा तान्त्रिक अनुष्ठान पूजापाठसहित राधाकृष्ण रुक्मिणीको सुन्दर मूर्तीसहित नगरपरिक्रमा गर्दै मनाइन्छ । खट जात्रा सिन्दूरे जात्रा गर्दै चांगु क्षेत्रको बलम्बू, तखादोँ, ढोका टोल लगायतका टोलमा परिक्रमा गर्ने गरिन्छ ।

तराई क्षेत्रमा होली

सत्युगमा विष्णुभक्त प्रह्लादलाई आफ्नै पिता देत्यराज हिरण्यकश्यपुरले हत्या गर्न गरेको अनेक प्रख्यास बाट पनि केही नलागेपछि आफ्नै बहिनी होलीका( जससार्ल भगवान शिवले आगोबाट नडढ्ने वरदान पाएकी थिइन्) को काखमा राखी जलाउन खोज्दा होलिका आफ्ै जलिन तर प्रल्हाद जस्ताको त्यस्तै आगोबाट बाहिर निस्किए । यसरी असत्यमाथि सत्यको विजयस्वरुप होलिका दहन उत्सवका रुपमा प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाको दिन तराई र भारतमा भव्य हर्सोलासपूर्वक होलि पर्व मनाइन्छ । त्यसै गरी द्धापरयुगमा कृष्णलाई मार्न गोकुल पठाएको पुतना नाम गरेको राक्षसनीको स्तन चुसेर मारिदिएको खुशीयालीमा होली खेल्न थालिएको कथन छ । शिवपुराणमा सतीदेवीको वियोगमा तपस्या गरिरहेका शिवलाई कामवाण प्रहार गरी ब्युँझाउने दुष्प्रयास गर्ने कामदेवलाई शिवले तस्रो नेत्रद्धारा भष्म गरिएको खुशीयालीमा होलीपर्व मनाउन थालिएको पनि अर्को आख्यान पाइन्छ ।

मिथिला होली

मिथिला क्षेत्र(जनकपुर) परिक्रमाको सातौदिन फागुन शुक्ल सप्तमीको दिन राम र सीताका सखीबीच होली खेलेको सम्झना गर्दै भव्य फागु खेलिन्छ ।त्रैतायुगका सो पर्व स्मृति गर्दै होली खेल्न बिहान सबेर ध्रुवकुण्डबाट रंग अबिर खेल्दै ८ कि.मी. को यात्रासहित जनकपुको रामजानकी मन्दिरमा अबिर अर्पणपछि कञ्चनवमा होलिको शुरुवात गरिन्छ ।मिथिलावासीका लागि दशैतिहार भन्दा पनि ठूलो चाड होलि मानिन्छ ।

थकालीको तोरन्ल्ह

इष्टदेवता र पितृको स्मरण गर्दै हिमालपारीकाृ जिल्ला मुस्ताङमा आदिवासी थकालीले मनाउने तोरन्ल्ह प्रत्येक वर्ष फागु पूर्णिमाका दिन मनाइन्छ । थकालीभित्रका चार चन अर्थात शेरचन, हिराचन, तुलाचन, भट्टचनको आ आफ्नै इष्टदेवको विशेष पूजा र तारो खेल्दै तोरन्ल्ह मनाइन्छ ।

ग्याल्बो ल्होसार

फागु प्रतिपदादेखि धान, जौ, मकै, गहुँको जहरा(जमरा) भगवान बुद्धको मूर्तिमा उमारेर थालिने ग्याल्बो ल्होसार होली पूर्णिमासमम्म विविध पूजा सांकृतिक कार्यक्रम गरी मनाइन्छ । गहुँ, जौ, चामल वा अन्नको पिठोमा चिनी घिउसँग मुछी बनाएको खाप्से( एक प्रकारको भिर रोटि फापर, कोदो आदिको पिठोमा मासु हालेको पानीरोटी, तरुल भ्याकुर, सखरखण्डलागायतका कण्डमूल, सुन्तला, बदाम, नरिवल जस्ता फलफूल र माछामासुका परिकार खाने खुवाउने र विविध झाँक्री नृत्यसहित ल्होसार मनाइन्छ ।फागुपूर्णिमाका दिन महायानी गुम्बामा भव्य साँस्कृतिक झाँक्री नृत्यु पूजाका साथ गुरु रिङपोछेबाट आर्शिवाद शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।सहभागीहरुलाई चिनी, सख्खर, महको सर्वत, दूध, दही नौनी मिलाएर बनाएको कारसुम वा तामा, फलाम, सुन, चाँदी पवित्र रत्नको सर्बतका साथ खादा ओढाएर आकाशमा पिठो छरेर फागुपूर्णिमा मनाइन्छ ।

विदेशमा होली

अमेरिकामा प्रत्येक वर्ष ३१ अक्टोबरका दिन हेलोविन पर्व रंग अविर छ्यापाछ्याप गरी मनाइन्छ । अफ्रिकामा अत्याचारी जंगली राजा प्रिन्स बोगाको पुत्लालाई थोत्रो कपडा र जुत्ताको माला ओढाई आफूले रंग दलेर नाचगान गर्दै सो पर्व मनाइन्छ । जर्मनमा इस्टर महोत्सव, चीनमा च्वेजे पर्वका दिन बलिरहेको आगोवरिपरि परिक्रमा पश्चात् पानी छ्यापाछ्याप गरी रंगको पर्व मनाइन्छ । नेपालमा लोला हान्ने परम्परा च्वेजे पर्वकै प्रतिकृया हो । थाइल्यान्डमा थाङकान, स्वीडेनमा, चेकस्लोभाकियामा बोलिया कनोन्से, बेल्जियममा पुरा जुत्ता जलाएर त पोल्यान्डमा आर्सिन नाउँमा होलीपर्व खेल्ने परम्परा रहेको छ ।

साभार : भिजिटनेपाल टि.भी.

pc: ImagePasal.com

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.