Sunday, June 26, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह धर्म / संस्कृति

धार्मिक दृष्टिले महत्वपूर्ण पर्यटकीयस्थल श्री पाउ पाथीभरा धाममा तीर्थयात्रीको संख्या बढ्दो

  • लक्ष्मी उप्रेती लक्ष्मी उप्रेती
  • June 18, 2022
  • 1:56 PM
  • No Comments
भित्र धर्म / संस्कृति, पर्यटन / भ्रमण, प्रदेश-१, मुख्य समाचार, राष्ट्रिय, समाज
0 0
A A
244
सेयर
2.7k
हेरिएको
Share on FacebookShare on Twitter
धार्मिक दृष्टिले महत्वपूर्ण पर्यटकीयस्थल श्री पाउ पाथीभरा धाममा तीर्थयात्रीको संख्या बढ्दो

४ असार, मेचीनगर : धार्मिक दृष्टिले महत्वपूर्ण पर्यटकीयस्थल झापाको मेचीनगर —१३ मा रहेको श्री पाउ पाथीभरा धाम पछिल्लो समय आन्तरिक तथा बाह्य तीर्थयात्रीको संख्या बढ्दो छ । विभिन्न जाति, धर्म, संस्कार र सम्प्रदायका मानिसको आस्था पाथीभराप्रति चुलिँदो छ । मेचीनगरसहित घिमेकी पालिका र भारतको सिक्किम, पश्चिमबंगाल, बिहार, उत्तरप्रदेश, भुटान र बंगलादेशसम्मका तीर्थयात्रीहरू यहाँ आउने गर्छन् ।

ताप्लेजुङमा रहेको मुख्य पाथीभरासहित पूर्वका विभिन्न स्थानमा शाखा पाथीभराहरू स्थापना गरिएका छन् । त्यही मध्येको एक हो झापाको मेचीनगर —१३ मा रहेको श्री पाउ पाथीभरा धाम । यसक्षेत्रको अर्काे महत्वपूर्ण धार्मिक तथ्य चारआली चोक पूर्वको एउटा नदी अलौकिक तवरले उत्तरतर्फ बहन पुगेको छ । यसको पनि छुट्टै धार्मिक महत्व रहेको छ । जुन नदीलाई उत्तरगंगा नाममले पुकार्ने गरिएको छ । दुवै शक्तिपीठको संरक्षण एवम् संवर्द्धन गर्ने उद्धेश्यले श्री पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्द्धन समिति गठन गरेर विशुद्ध धार्मिक संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालय झापामा विधान समेत दर्ता भएर २०७१ साल असोज ११ गतेदेखि पाउ पाभीभरा धामले परिचित भएको समितिका सदस्य देविभक्त श्रेष्ठको भनाई छ ।

यो धाम पछिल्लो समय आन्तरिक तथा बाह्य तीर्थयात्रीको आर्कषणको केन्द पनि बनेको छ । यो धाम बहुधार्मिक आस्थाको केन्द्रका रूपमा विकास हुँदै गएका कारण पनि धामप्रति आन्तरिक तथा बाह्य तीर्थयात्रीको अर्कषण बढेको समितिको भनाई छ । पाथीभरा धाम प्रवर्द्धनका लागि २०७१ सालमा समुदायस्तरबाट गठित श्री पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्द्धन समितिले पूर्वाधार विकास र प्रचार–प्रसारको काम गरिरहेको छ । साताको शनिबार र मंगलबार यहाँ पूजाआजाका लागि मानिसको निक्कै ठूलो भीड लाग्ने गर्दछ । मेचीनगरक्षेत्रबाट नभई पूजाआजाका लागि छिमेकी पालिका र अन्य जिल्लार सीमावर्ती भारतका विभिन्न स्थानबाट पनि तीर्थयात्रीहरु आउने गरेको धामका कार्यालय सचिव रामप्रसाद पौडेल बताउनुहुन्छ ।

पाथीभरा दर्शन र पूजाआजाका लागि उपयुक्तबार शनिबार र मंगलबार भएपनि हप्ताको सातैदिन तीर्थयात्रीहरू आइरहने कार्यालय सचिव पौडेलको भनाई छ । धाम परिसरमा पाथीभरासहित दुर्गा भवानी, विष्णु लक्ष्मी र अन्य भगवानका मुर्ति समेत राखिएको छ । त्यसले पनि मानिसलाई धामप्रति आर्कषण गर्ने गरेको छ ।

प्रचारप्रसार र पूर्वाधारको विकाससँगै पाथीभरासम्म पुग्न धेरै सहज बनेको छ । पाथीभराको महत्व त्यहाँ धाम परिसरमा अवस्थित देवी र अन्य भगवनका मूर्तिकै कारणले बढेको हो । आजभोलि सबैले पाउ पाथीभरा देवी भनेर चिन्छन् । पाउ पाथीभरा धाम अब मन्दिर वा दर्शन गर्ने आधार मात्र नभएर संस्कृतिको रूपमा विकास हुदैं गएको छ ।

पाउ पाथीभरा दर्शनका लागि धेरै पहिलेदेखि नै तीर्थयात्रीहरु आउने गरेका थिए । शुरुमा स्थानीय तीर्थयात्रीहरुको मात्र भीड हुने भएपनि अहिले प्रचारप्रसार र पूर्वाधारको विकाससँगै पाथीभरासम्म पुग्न धेरै सहज बनेका कारण निक्कै टाढा टाढाबाट तीर्थयात्रीहरु आउने गरेका छन् ।

पाथीभरा धामको दर्शन र धाममा पूजाआजा गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वास छ । धेरैले पाथीभरा दर्शन गरेपछि विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेको बताउने गर्छन् । पाथीभरा धाममा मानिसको दुःख हरण गर्ने अद्वितीय शक्ति रहेको भन्दैं तीर्थयात्रीहरु पाथीभरामा अलौकिक शक्ति रहेको विश्वास समेत गर्छन् ।

पाथीभरा धामको लोकप्रियताकै कारण पूर्वका विभिन्न जिल्लामा शाखा पाथीभरा मन्दिरहरू पनि स्थापना गरिएको धार्मिक व्यक्तित्व देविभक्त श्रेष्ठको भनाई छ ।

इलामको कुटीडाँडा, झापाको चारआलीमा स्थापित पाउ पाथीभरा, तेह्रथुमको हरिसे, वसन्तपुर, टुटे देउराली, संखुवासभाको चौकीबजार, सिद्धेश्वरीमा पनि पाथीभरा मन्दिर स्थापना गरी दर्शन गर्ने क्रम बढेको छ । यी सबै ठाउँबाट ताप्लेजुङको मुख्य पाथीभरा रहेको ठाउँ देख्न सकिने श्रेष्ठको भनाई छ ।

पाथीभरा धामले मेचीनगरको परिचय मात्र दिएको छैन, पर्याप्त आम्दानीसमेत दिएको पूजाका सामग्रीहरु बिक्री गर्दै आएका व्यवसायीहरु बताउछन् । पाथीभरा धाममा पूजाआजा र दर्शन गर्न आउने एकजनाले औसतमा ५ सय देखि एकहजार रुपैयाँ सम्म खर्च गर्ने गरेको पाइएको व्यवसायीहरुको भनाई छ ।

अझै पनि यो धाममा गर्नुपर्ने थुप्रै कामहरु छन् । कम से कम स्थानीय सरकारले यो धामलाई एउटा धार्मिक पर्यटकीय स्थलमारुपमा विकास गर्ने हो भने यसबाट स्थानीय सरकारको आम्दानीको स्थायी स्रोत बन्नेमा कुनै दुईमत छैन् । यसमा स्थानीय सरकारले ढिला गर्नुहुदैंन् ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

जनप्रतिनिधि तथा जिल्लाका अधिकारीहरुद्वारा हात्तीगौंडाको निरीक्षण: हात्ती छेक्न सीमामा २५ किलोमिटर तटबन्धन गर्ने योजना
कृषि

जनप्रतिनिधि तथा जिल्लाका अधिकारीहरुद्वारा हात्तीगौंडाको निरीक्षण: हात्ती छेक्न सीमामा २५ किलोमिटर तटबन्धन गर्ने योजना

June 26, 2022
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल असार १२ गते आइतबार)

June 26, 2022
धर्म / संस्कृति

मेचीनगरमा वृहत रक्तदान : ५५ प्रिन्ट रगत संकलन

June 25, 2022
नव–नियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा
अन्तर्राष्ट्रिय

नव–नियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा

June 25, 2022
गठबन्धनको आवश्यकता अझै छ : माधव नेपाल
मुख्य समाचार

गठबन्धनको आवश्यकता अझै छ : माधव नेपाल

June 25, 2022
ग्यास र पेट्रोलियम पदार्थको भाउ बढ्यो
अर्थ / वाणिज्य

पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्याे

June 25, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
दुबईका राजकुमारले दिए दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार

दुबईका राजकुमारले दिए दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In