Saturday, June 3, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह धर्म / संस्कृति

आज २५६७ औं बुद्ध जयन्ती धुमधामसँग मनाइदै

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • May 5, 2023
  • 5:30 AM
  • No Comments
भित्र धर्म / संस्कृति, मुख्य समाचार, राष्ट्रिय, समाज
188 1
A A
Share on FacebookShare on Twitter
आज बुद्ध जयन्ती, सार्वजनिक बिदा

२२ वैशाख, मेचीनगर : प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ।

२५६७ औं बुद्ध जयन्ती मनाउन बुद्ध जन्मस्थल लुम्बिनीमा सिंगारिएको छ । मायादेवी मन्दिर रंगरोगन गरेर चिरिच्याट्ट बनाइएको छ । बाहिरी पुरातात्त्विक संरचनालाई सजाएर आकर्षक बनाइएको छ । मन्दिर परिसर भित्र, बाहिर र अशोक स्तम्भ भित्र सरसफाई गरेर चिटिक्क बनाइएको छ । बाटोबाटो सफा गरेर सुन्दर बनाइएको छ ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्। ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ। आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ।

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ। इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो। राजकुमारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्नुभयो। २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्कए।

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उहाँले बुद्धगयास्थित पीपलको रूख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे। बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो। दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाउनुभएको ज्ञान हो। सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए।

यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरूलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँडेका थिए। ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसापूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरे।

विश्वजगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ। बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिनुभयो। यसै कारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुपधारण गरेको छ।

वि.संं. २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो। विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो।

विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ। हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशित भएको बताइन्छ।

यिनमा बेलायतबाट प्रकाशित डेली टेलिग्राफका सम्पादक सर एडविन आर्नोल्डको ‘एसियाको ज्योति ९१८७९०’ तत्कालीन भारतीय संविधान मस्यौदा समितिका अध्यक्ष डा बाबा साहेब अम्बेडकरको ‘बुद्ध र उनको धम्म ९१९५७०’ र सन् १९४६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त जर्मन उपन्यासकार हेर्मन हेस्सेको ‘सिद्धार्थ ९१९२२०’ प्रसिद्ध छन्।

यसैगरी जर्मनीका माथेरा न्यानातिलोकाले ‘बुद्धिस्ट डिक्सनरी’ ९१९५००, ‘विश्वमा बुद्ध’ ९१९०६०, फ्रान्सका डा वाल्पोला राहुलको ‘बुद्धको विचार’ ९१९५९०, इटलीका जिसेप्पे टिउचिलेको ‘मुस्ताङको भ्रमण’ ९१९६९० आदि पुस्तकले बुद्धलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

विश्वका अति प्रसिद्ध अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्ड आदि विश्वविद्यालयमा बौद्ध अध्ययन हुँदै आएको छ। यसैगरी त्रिभुवन, नेपाल संस्कृत, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायतले पनि बौद्ध दर्शनमा स्नातकोत्तर एमएको अध्ययन अध्यापन गर्दै आएका छन्।

बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिए जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रहित छन्। सम्राट् अशोकले ई।पू। २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको एक शताब्दी पूरा भइसकेको छ।

तत्कालीन वेस्टर्न कमान्डर जनरल खड्गशम्शेर राणाले सिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भदेखि पुरातत्व विशेषज्ञ डा फुररको सहयोगमा स्तम्भ संरक्षण गरिएको थियो।

सन् १९५६ मा चौथो विश्व बौद्ध मातृत्व सम्मेलन नेपालमा आयोजना गरिएको थियो। सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान्तको नेपाल आगमनबाट लुम्बिनी विकासको बृहत्तर योजना आरम्भ भएको हो।

बुद्ध जन्मिएको नेपाललाई विश्वमा चिनाउन वि.सं. २०७० को अन्तिमतिर एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जानुभएका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले नेपालका साथै एसियाका भारत, बर्मा, श्रीलङ्का, थाइल्यान्ड, हङ्कङ, मङ्गोलिया, भूटान, सिङ्गापुरलगायत देशलाई समेटेर बौद्ध परिपथको प्रस्ताव गरेका थिए प्रस्तावलाई धेरै देशले समर्थनसमेत गरेका थिए।

नेपालमा पनि लुम्बिनी, स्वयम्भू, बौद्ध, मणिचुड, नमोबुद्ध, हलेसीलगायत बौद्ध तीर्थस्थललाई समेटेर बौद्ध परिपथको प्रस्ताव गरिएको छ। प्रस्ताव गरिएका यी दुवै परिपथले पूर्णता भने पाउन सकेका छैनन्।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

मुख्य समाचार

आजको राशिफल (मिति २०८० साल जेठ २० गते शनिबार)

June 3, 2023
बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
कोशी प्रदेश

बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

June 2, 2023
ओलीलाई गगन थापाको जवाफ : मुखमा अँगार भएको व्यक्तिले ओकल्ने कालै हो
मुख्य समाचार

कांग्रेसभित्र पार्टी सुधार चाहने र परिवर्तन हुन नदिने दुई गुट छन् -गगन थापा

June 2, 2023
कानून / अपराध

उपत्यका बाहिर जाने सवारीसाधन असार १ गतेदेखि नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्नुपर्ने

June 2, 2023
तत्काल पानी पर्ने सम्भावना न्यून, अधिकांश भूभागमा तापक्रम बढ्ने
कर्णाली प्रदेश

तत्काल पानी पर्ने सम्भावना न्यून, अधिकांश भूभागमा तापक्रम बढ्ने

June 2, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०८० साल जेठ १९ गते शुक्रबार)

June 2, 2023

– विज्ञापन –

 
 

अर्को समाचार
प्रकृतिका पूजक किराँतीहरुको उभौली पर्व आजबाट सुरु हुँदै

प्रकृतिका पूजक किराँतीहरुको उभौली पर्व आजबाट सुरु हुँदै

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.

कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८

स्थायी लेखा नम्बर : ६०९८०६२१६

सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८

प्रेस काउन्सिल सूचीकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

संवाददाता
चेतनाथ गौतम

 

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, कोशी प्रदेश, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In