यसरी खेल्नुहोस् देउसी भैलो : देउसी भैलो भट्याउने तरिका

भैलीको शुरुवात
भैलिनी आयौ आँगन, गुन्यु चोली मागन
ए! औशीको दिन, गाई तिहारो भैलो
जसले दिन्छ मुरी,उसको सुनको धुरी
ए औशीको दिन…….
हरियो गोबरले लिप्यौ कि, लक्ष्मीपूजागर्‍यौ कि
ए औंशीको दिन..
हामी त्यसै आएनौ,बलिमाराजले पठाको
ए औशीको दिन …….


गीत
(ए! दाजु नसमाउ नारीमा लयमा)
ए! दिदी खेलौ न भैलिनी
मादल बजाउ साथी र सङिनी
कम्मर भाँची नाचिदेउ छम्मछम्म
भैली खेल्दै आइपुग्यौ यहाँसम्म-२

तिहारको खबर ल्यायौ, माला उनेर
माइतीलाई आसिक बाँड्दै ,खुसी बनेर -२
भैली खेल्दै मेचीदेखी पुग्छौ कालीसम्म
१५ जना आयौ हामी भेला भई जम्मा

ए! बैनी खेलौ न भैलिनी
मादल बजाउ साथी र सङिनी
कम्मर भाँची नाचिदेउ छम्मछम्म
भैली खेल्दै आइपुग्यौ यहाँसम्म


भट्याउने
ए !है झिलिमिली भिलिमिली…. भैलिनी
केको झिलिमिली ….
फुलको झिलिमिली….
बत्तीको झिलिमिली ….
चाडको झिलिमिली….
हिमालको झिलिमिली …
पहाडको झिलिमिली….
तराइको झिलिमिली …
स्वर मिलाई भनौं ….
राम्ररी भनौं ……..
बर्षमा दिनको ….
चाडबाड मनाऔ….
नाचेर गाऔ..
हासेर गाऔ….
कम्मर भाँची….
थपडी मारी….
#गीत(कति राम्रो त्यो वृन्दावनको भजन लयमा )
झिलिमिली ,तिहारै आयो
गाउँ बस्ती, खुसीले रमायो
(हिमालचुली पल्लोपटि छङछङ गर्ने खोला
माग्न आए देउसे भैले नभन्दिनु होला )-२
राजमार्ग तल्लोपटि सिद्द्कालीबाट
देउसी खेल्न आयौँ हामी खोलिदिनु ढाट
झिलिमिली तिहारै आयो
गाउँ बस्ती खुसीले रमायो ।
(तराई पहाड ,हिमालका चेलीहरु मिली
सयपत्री ,मखमली माला झिलिमिली)-२
थुँगा थुँगा ,नसम्झनु हाम्रो मालालाई
संस्कृतिको समर्थनमा सलाम सबैलाई
झिलिमिली ,तिहारै आयो
गाउँ बस्ती, खुसीले रमायो ।


आशिष
ए! अब हामी …भैलिनी
आसिक दिन्छौँ ….भैलिनी
यसै घरको :आँगन
हुर्किउन,बढुन्: जाहान
छोराछोरी : विद्वान् हुन्
बाआमाले : आसिक दिउन्
गोठको गाई : नमरोस्
दुखी भै बस्नु : नपरोस्
कुनै माइती : नेता हुन्
कुनै माइती : वकिल हुन्
कुनै चेली:- हाकिम हुन्
रोगले साइनो :- नगासोस्
यमराजले कहिले :- नआटोस्
बाआमा आश्रम : नजाउन्
घरैमा माया : पाइरहून्
सन्तान विदेसमै : नबसुन्
अर्काका दास : नबनुन्
भाफ्नै काममा : रमाउन्
देशको सान:-बढाउन्
घरको मान :- सजाउन्
नाम र दाम : कमाउन्
समाजलाई राम्रो:बनाउन्
भकारीमा : धान होस्
माइतीका शिरमा :ज्ञान होस्
देउसीको आशिष् :- लागोस् है
ग्रह र दशा:- भागोस् है
आशिष ज्ञान:
यसै घरका छोराछोरी, लेखीपढी गुनी
रकेटमा गगनतर्फ, जाउन बादलमुनि
छोरी पनि अप्सराको, चाल चलन लिई
विश्वभरी प्रख्यात हुन्, दान दिईदिई
यसै घरका बुवा आमा, चिरञ्जीवी भई
बाच्नु परोस् सय वर्ष मृत्यु दशा गई

( लय:कति राम्रो त्यो वृन्दावन )
थालभरी द्रव्य, फूलपाती
बिदावारी भएर जाऔँ साथी
जान्छौं हामी दुई हात जोडेर
नजाउ लक्ष्मी यो घरलाई छोडेर


सङकलक :सिएन गौतम,झापा

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.