७ असोज, मेचीनगर : झापाको काँकरभिट्टामा सोमबार आयोजित एक कार्यक्रमका सहभागीहरुले चाडवाड मनाउँदा विकृतिरहित ढंगले मनाउनुपर्ने, चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने बताएका छन् । संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको संरक्षण हुने भन्दैं सहभागीहरुले वक्ताहरुले नेपाल सांस्कृतिक र धार्मिक हिसाबमा सम्पन्न रहेको देशको धार्मिक तथा सांस्कृतिक सम्पदाको समेत रहेको विचार राखेका थिए ।
जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त संयोजनमा चाडपर्व लक्षित सुरक्षा, तथा बजार व्यवस्थापन र सुक्षामा प्रविधिको प्रयोग सम्बन्धी सरोकारवालाहरुसँगको छलफल तथा विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सहभागी वक्ताहरुले यस्तो बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले स्थानीय स्तरमा देखिने समस्या समाधानका लागि स्थानीयक्षेत्रकै व्यक्तिहरुको भूमिका महत्वपूर्ण हुने र त्यसलाई सहजीकरण गर्न सम्बन्धित निकायले भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो ।
बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुभाषिक राष्ट्र भए पनि एकअर्काबीच सदभाव, सम्मान र समभावका कारण नेपाली–नेपालीबीचको बलियो एकता रहेको बताउँदैं प्रजिअ बास्तोलाले विजयादशमी, दीपावली, नेपालसंवत् तथा छठ पर्वका अवसरमा देश तथा विदेशमा रहेका नेपालीप्रति शुभकामना समेत व्यक्त गर्नुभयो ।
चाडपर्वका बखत खाद्यलगायत अन्य वस्तुको अभाव, मुल्यबृद्धि, कालोबजारीलगायतका समाजमा नकरात्मक प्रभाव पर्ने कुनै पनि गतिविधि गर्न नहुने उहाँको भनाई थियो । यदि यसो गरेमा कानून अनुसार कारवाही हुने प्रजिअ बास्तोलाले चेतावनी दिनुभएको छ । चाडपर्वको सयममा हुने कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्ने गरी प्रभावकारी कदम चाल्ने समेत उहााले स्पष्ट पार्नुभयो ।
छलफलमा चार्डपर्वलाई लक्षित गरी बजार अनुगमन बढाउने, बजारमा हुनसक्ने कृत्रिम कालोबजारी, महँगी, मिसावट नियन्त्रणमा गम्भीर हुन मातहतका सम्बद्ध निकायलाई निर्देशन दिएको जानकारी गराउनुभयो । विभिन्न निकायहसँग समन्वय गरेर स्थानीय स्तरसम्म नै बजार अनुगमन गर्ने व्यवस्था मिलाउन सम्बद्ध निकायलाई निर्देशन समेत दिइएको छ ।
विजयादशमी तथा दिपावलीलगायतका चाडपर्वमा सार्वजनिक सवारी साधनको व्यवस्थापनमा विषेश ध्यान दिन समेत उहाँले सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । चाडपर्वका समयमा अत्याधिक यात्रु संख्यासँगै तिव्र गति तथा मापसेका कारण दुर्घटना निम्तिने सम्भावनालाई न्यूनीकरण गर्ने तयारीसहित सुरक्षा व्यवस्था कडा पार्न लागिएको जानकारी दिनुभयो । उहाँले हरेक नागरिकको जीउधनको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीले लिने हुँदा यसवर्षको चाडपर्व दुघर्टनारहित बनाउँन सवैमा अपिल गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले चाडपर्वका नाममा हुने विकृतिविसंगति र आपराधिक गतिविधि नियनत्रणमा नेपाल प्रहरी सक्रिय रहेको बताउनुभयो । हाम्रा धार्मिक साँस्कृतिक परम्परामा कतै केही कुरीती छन् भने पनि त्यसलाई अन्त्य गरी सुधार गर्दै अबका दिनमा विश्वले हाम्रा मौलिक परम्पराको अभ्यास र अनुसरण गर्ने वातावरण बनाउनको लागि आ–आफ्नो ठाउँबाट हामी सबै लाग्न जोड दिदैं उहाँले मौलिकता र पहिचानका रुपमा रहेका चाडपर्व र संस्कृतिलाई विकृतिको रुपमा अगाडि नबढाउन,संस्कृतिलाई सस्ंकृति बनाउन विकृति नबनाउन, । हामीसँग जे छ त्यसैमा रमाउन आग्रह गर्नुभयो ।
‘चाडपर्वमा रमाइलो गर्नुपर्छ भन्दै मापसे (मादक पदार्थ सेवन) गरी सवारी चलाउने बानी छ ? भए यसपल्ट दसैं तिहारमा तपाईं ट्राफिक प्रहरीको कारबाहीबाट उम्कने सम्भावना छैन ’ प्रहरी उपरीक्षक केसीले भन्नुभयो—‘चाडपर्वका बेला मापसे गरी सवारी चलाउँदा दुघर्टना बढेको छ, भन्दै यस वर्ष झापा प्रहरीले दसैंं तिहार मध्यनजर गर्दै मापसे जाँच कडा गर्ने तयारी गरेको छ ।’उहाँका अनुसार चाडपर्वमा कुनै पनि ठाउँमा कुनै पनि बेला मापसे चेकजाँच हुन सक्छ ।
मेचीनगर नगरपालिका वडानम्बर ७ र ८ का वडाध्यक्ष क्रमस प्रल्हादमणि ओली, गिरीराज धमला, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकी, पूर्व मेची बस व्यवसायी प्रालिका पूर्व अध्यक्ष विष्णुकुमार श्रेष्ठ, मेची उद्योगा बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई नेकपा एमाले वडा नम्बर ६ का वडाध्यक्ष राजु पौडेललगायतले आ आफ्नो विचार राख्नुभएको थियो । उहाँहरुले बजारको ठगी र दुर्घटनाबट हुनसक्ने जनधनको क्षति न्युनीकरण गर्न आवश्यक जनशक्तिको उचित व्यवस्थापन गर्ने, चाडपर्व लक्षित प्रभावकारी सुरक्षा व्यवस्थापन गर्ने, अखाद्य वस्तुको बिक्री वितरण रोक्ने, यातायात व्यवस्थालाई सहज र सुरक्षित बनाउने लगायतका विषयमा छलफलमा विचार राख्नुभयो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक सेवा केन्द्रले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा सहभागी सवैलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाले स्वागत र र मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्तिनाथ पौडेलले सहजीकरण गर्नुभएको थियो ।