झापाको बिर्तामोडमा भव्यताका साथ पहिलो पटक गायत्री जयन्ती मनाइयो

झापा, जेठ २२: झापाको बिर्तामोडमा आज (बुधबार) गायत्री माता मन्दिर सेवा समिति बिर्तामोड–५ को आयोजनामा भव्यताका साथ गायत्री जयन्ती मनाइएको छ। पूर्वमै पहिलो पटक अढाई करोड रुपैयाँको लागतमा निर्मित गायत्री माताको दिव्य मन्दिर सञ्चालनमा आएपछि यो पहिलो गायत्री जयन्ती उत्सव हो।

जयन्तीको अवसरमा मन्दिर परिसरबाट निकालिएको भव्य निशान यात्राले बिर्तामोड नगर परिक्रमा गरेको थियो। विभिन्न संघ संस्थाका पदाधिकारी, गायत्री माताका भक्तजन, दुई सयभन्दा बढी बटुक, स्काउट र धार्मिक एवं सामाजिक व्यक्तिहरूको सहभागितामा निकालिएको ¥याली नगर परिक्रमा गरी पुनः मन्दिर परिसरमा पुगेको थियो।

यस अवसरमा मन्दिर निर्माण समितिका संस्थापक अध्यक्ष रौनक वंशल र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विवेक अग्रवालले मन्दिरमा आएका श्रद्धालु भक्तजनलाई स्वागत गरेका थिए।

गायत्री जयन्ती समारोहमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल, बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाई, बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मेघराज वास्तोला, अग्रसेन भवन सेवा समितिका अध्यक्ष सुरेश कुमार भद्रपुरे लगायत पाँच सयभन्दा बढीको सहभागिता रहेको थियो।

बिर्तामोडका युवा व्यवसायी रौनक वंशलको अगुवाइमा बिर्तामोड–५ स्थित अग्रसेन भवनको समीपमा यो दिव्य मन्दिर निर्माण भएको हो। २०८० साल जेठ १७ गतेबाट मन्दिर निर्माण प्रारम्भ भई २०८१ साल माघ २१ गते विधिपूर्वक माताको प्राण प्रतिष्ठा गरेर मन्दिर सञ्चालनमा आएको थियो।

गायत्री माता मन्दिर सेवा समितिले गायत्री जयन्तीमा विशेष प्रकारको कार्यक्रम आयोजना गर्दै साँझ सन्ध्या आरती गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ। यसले बिर्तामोडमा धार्मिक पर्यटन र आस्थाको नयाँ आयाम थपेको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.