छविलालले गरे पाउ पाथीभरा माताधाममा अक्षय कोषको स्थापना

१९ असोज मेचीनगर :  झापाको कमल गाउँपालिका वडा नम्बर –०५ सितापुरी नमूना चोक निवासी धार्मिक व्यक्तित्व एवम् समाजसेवी ९४ वर्षीय छविलाल गौतमले पहिलो पाउ पाथीभरा माताधाममा एक लाख पाँच हजार रूपैयाँको अक्षय कोष स्थापना गरेका छन् । उनी यस धाममा अक्षय कोष स्थापना गर्ने पहिलो दाता हुन् ।

विजया दशमीको अवसरमा (सप्तमी) फूलपातीका दिन धाम परिसरमा आयोजित कार्यक्रममा पहिलो पाउ पाथीभरा माताधाम, संरक्षक तथा सम्वद्र्धन समिति कमल–०५ सितापुरी, नमूना चोक झापाका अध्यक्ष नेत्रप्रसाद दाहाललाई समाजसेवी बयोवृद्ध गौतमले नगद रकम हस्तान्तरण गरेका थिए ।

शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित हुनु नपरोस, आर्थिक अभावकै कारण कसैको अध्ययन गर्ने इच्छा अधुरै नहोस भन्ने महान उद्धेश्यका साथ आफुले पहिलो पटक धाममा अक्षय कोष सञ्चालन गरेको उनले प्रतिक्रिया दिए । यो रकमको प्राप्त व्याजबाट आर्थिक अवस्था कमजोर रहेका, जेहेन्दार, पढाइमा अब्बल विद्यार्थीलाई सहयोग गर्ने उनको भनाई छ ।

उक्त रकमको व्याजले हरेक बर्ष कमल गाउँपालिकाका उत्कृष्ट जेहन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने र केही रकम मन्दिर व्यवस्थापनमा खर्च गर्ने गरी अक्षय कोषमा सहयोग गरेको धामका अध्यक्ष दाहालले बताए । कार्यक्रममा बोल्दै धामका अध्यक्ष दाहालले दाताको रकम उनले भनेकै शीर्षकमा हरेक वर्ष सहयोग गरिने बताउँदै दाता वयोवृद्ध गौतमको सुस्वास्थ्य दिर्घायुको कामना व्यक्त गरे ।

सानैदेखि धार्मिक एवम् सामाजिक कर्ममा सक्रिय गौतमकै पहलमा पाथीभरा गौरीशंकर किर्तन मण्डली गठन गरेर संस्थापक अध्यक्षको रूपमा पहिचान बनाउँन सफल गौतम हाल त्यो मण्डलीको सल्लाहकार संयोजकका रूपमा छन् । साताको दुई दिन आफ्नै टोलमा साँझ किर्तन गरि स्वेच्छिकरूपमा प्राप्त रकमबाट गाउँघरमा आवश्यक तथा किर्तनका लागि चाँहिने बाजागाजासमेत खरीद गरिएको छ ।

उनले समाजमा पुर्याएको योगदानको मुल्यांकनसहित काठमाडौं खेवाङ झापा सम्पर्क मञ्च झापा शाखा, पाथीभरा गौरीशंकर किर्तन मण्डली कमल गाउँपालिका– ०५, श्री शिव पाञ्चयन मन्दिर मेचीनगर–०२ द्विपज्योति टोल, गौरीशंकर शिवालय मन्दिर कमल–०५ पाथीभरा टोल, जङ्गवीर गुभाजू श्रेष्ठ प्रतिष्ठान झापा, श्री लगनशील कृषि सहकारी संस्था लिमिटेड कमल गाउँपालिका–०५, इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लखनपुर– ०५ झापा काठमाडौं खेवाङ हातेमालो समाज ताप्लेजुङ बागबजार काठमाडौंलगायत दर्जनौ सरकारी तथा गैरसरकारी संघ संस्थाबाट सम्मानित तथा पुरस्कृत गौतमले नेतृत्व गरेको पाथीभरा किर्तन मण्डली लखनपुर—१ सीतापुरीले २०७२ साल बैशख १२ गते गएको महाभुकम्पका कारण पीडित बनेकाहरुलाई आर्थिक सहयोग गरेको थियो । मण्डलीले प्रधानमन्त्री उद्धार कोषमा जम्मा हुने गरी नगद दुई हजार दुई सय ५१ रुपैयाँ मेची अभियानलाई रहात रकम प्रदान गरेको थियो । मण्डलीका अध्यक्ष छविलाल गौतमले अभियानका संयोजक एवम् मेची उद्योग बाणिज्य संघ मेचीनगरका तत्कालिन अध्यक्ष विजय डालमियालाई रकम हस्तानतरण गरेका थिए ।

मेचीनगर नगरपालिका –०२ द्विपज्योति टोलमा रहेको श्री शिव पाञ्चयन मन्दिरलगायत थुप्रै धार्मिक तथा सामाजिक क्षेत्रमा क्रियाशील संघ संस्थालाई उनले नगद रकम प्रदान गरेका छन् ।

विसं १९८९ सालमा ताप्लेजुङ जिल्लाको खेवाङ गाविस– ०७ मा दिवंगत मातापिता त्रिलोचन र धनमाया गौतमका एकमात्र छोराका रूपमा जन्मेका छविलाल २००८ साल जेठ महिनाबाट नेपाल प्रहरीको जवान पदबाट सरकारी सेवा शुरू गरे । ताप्लेजुङ र पाँचथर जिल्लाका विभिन्न प्रहरी पोस्ट, प्रहरी चौकीमा कार्यरत रहेका बखत नेपाल प्रहरीको हवाल्दारमा पदोन्नति भए । गौतमले नेपाल प्रहरीबाट २०१७ सालमा राजीनामा पश्चात् विसं २०१९ सालमा तत्कालीन पञ्चायती व्यवस्थाको पहिलो आम निर्वाचनमा तत्कालीन खेवाङ गाउँ पञ्चायतको वडा नम्बर –०७ को वडाध्यक्षमा निर्वाचित भए । उनले पटक पटक त्यस पञ्चायतको उप प्रधानपञ्चको जिम्मेवारी समेत पूरा गरे ।

त्यस लगत्तै दुई वर्षपछि २०२१ सालबाट खेवाङ गाउँ पञ्चायतकै गाउँ सचिव भएर ११ वर्ष २०३२ सालसम्म काम गरे । त्यसपछि झापाको तत्कालीन तोपगाछी– ०४ मा बसाई सरेर आए । त्यसपछि झापाकै लखनपुर –०१ सितापुरी चोकमा ढाकर विसाउन आईपुगे । त्यही ठाउँ राज्यको पुनः संरचनापछि तोपगाछी र लखनपुर गाविस मिलेर बनेको कमल गाउँपालिका वडा नम्बर –०५ मा बसोबास छ ।

समाजमा रहँदा धेरै संघ संस्था, धार्मिक, सामाजिक कार्यमा आवद्ध हुने क्रममा कमल– ०५ को ज्येष्ठ नागरिक वडा अध्यक्ष बने । उनले आफ्नो जीवनकालमा आर्जन गरेका अनुभव आगामी पुस्ताका लागि मार्ग निर्देशन बन्ने जंगवीर गुभाजू श्रेष्ठ प्रतिष्ठानका अध्यक्ष बाबुराम श्रेष्ठ बताउँछन् । अहिले पनि उत्तिकै कर्मशील र स्फूतिका साथ उनी हरेक रचनात्मक र सकरात्मक कर्ममा सक्रिय छन् ।

 

 

 

 

 

 

 

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.