दुई वृद्धाश्रमका वृद्धवृद्धालाई खाना र न्यानो कपडा

९ मंसिर, मेचीनगर : अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चम्लागाँईसहित परिवारको तर्फबाट झापाका दुई वृद्धाश्रममा सहयोग प्रदान गरिएको छ ।

चम्लागाँई परिवारले शनिबार साँझ मेचीनगरको बाहुण्डाँगीस्थित मानवसेवा आश्रममा पुगेर ७१ जना वृद्धवृद्धालाई भोजन गराएको छ भने जाडोका लागि स्वेटर, ज्याकेट लगायतका न्यानो कपडा प्रदान गरेको छ । चम्लागाँईं परिवारका अभिभावक समाजसेवी लोकनाथ चम्लागाँईसहित परिवारका सदस्यहरुले मानवसेवा आश्रमका वृद्धवृद्धाहरुलाई आफ्नै हातले खाना वितरण गरेका थिए । खाना बापतको नगद रकम आश्रमका खगेन्द्र विश्वकर्मालाई हस्तान्तरण गरिएको थियो ।

मानवसेवा आश्रममा पुगेर सहयोग गर्ने अवसर पाएकोमा चम्लागाईं परिवारले धन्यवाद दिएका थिए । उनीहरुले मानवसेवा आश्रमको राम्रो व्यवस्थापनको प्रशंसासमेत गरेका थिए ।

त्यस्तै चम्लागाँईं परिवारकै तर्फबाट बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्र (वृद्धाश्रम)का ३८ जना वृद्धवृद्धालाई साँझको खानाबापतको रकम हस्तान्तरण गरिएको थियो । त्यहाँ खाना पकाउने तथा वृद्धवृद्धालाई जाडोमा नुहाउने लगायतका काममा तातोपानीका व्यवस्थापनका लागि सात थान ग्यास सिलिण्डर समेत प्रदान गरिएको थियो । केन्द्रका सचिव बेनुप्रसाद भट्टराईलाई खाना तथा ग्यास सिलिण्डर भर्नका लागि लाग्ने रकम हस्तान्तरण गरिएको थियो ।उक्त परोपकारी कार्यमा झापाको बाह्रदशी ७ डाँगीबारीस्थित चम्लागाँईं परिवारको तर्फबाट लोेकनाथ चम्लागाँईं ,डिकुरादेवी चम्लागाँईं, प्रेम चम्लागाँईं , महेन्द्र चम्लागाँईं , कञ्चन चम्लागाँईं, कामक्क्षा चम्लागाँईं , दुर्गा चम्लागाँईं , बेदकुमारी चम्लागाँईं लगायतको सहभागिता थियो । दुवै वृद्धाश्रममा चम्लागाँईं परिवारले त्यहाँ रहेका वृद्धवृद्धाका लागि आवश्यकता बुझेर सञ्चालकहरुले भनेअनुसारकै सहयोग प्रदान गरेको बताइएको छ ।

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चम्लागाँइ तथा कञ्चन अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चम्लागाँइको परिवार कतारमा बस्दै आएका छन् । महेन्द्र नेपाली व्यवसायी संघ कतारका अध्यक्षसमेत हुन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

झापामा पहिलोपटक कलेजो, प्यानक्रियाज, पित्तथैली विज्ञ सर्जन चिकित्सकहरुको सम्मेलन हुँदै

२६ मंसिर, मेचीनगर : डाक्टर नवल मल्टी स्पेसियालिटी हस्पिटल बिर्तामोडको आतिथ्यमा झापामा पहिलोपटक कलेजो, प्यानक्रियाज, पित्तथैली विज्ञ सर्जन चिकित्सकहरुको सम्मेलन...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.