Thursday, June 24, 2021
- बिज्ञापन -
गृह कानून / अपराधसुनसरीमा लुकाएर राखिएका अवस्थामा ५ बोरा अवैध गाँजा बरामद

सुनसरीमा लुकाएर राखिएका अवस्थामा ५ बोरा अवैध गाँजा बरामद

इटहरी,जेठ २६ । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–८ स्थित दशगजा क्षेत्रको मकैबारीमा लुकाएर राखिएको अवैध गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ।

५ पाँच वटा बोरामा रहेको उक्त गँजा १ सय २ किलो रहेको सशस्त्र प्रहरी बल भोक्राहाले जनाएको छ । सशस्त्र प्रहरी बल बिओपी उल्टी भोक्राहाबाट इन्स्पेक्टरको नेतृत्वमा खटिएको सात जनाको प्रहरी टोलीले विशेष सुराकीका आधारमा मंगलबार बिहान सो परिमाणको गाँजा बरामद गरेको हो।

सुनसरीको सिशुवा भोक्राहाबाट भारततर्फ तस्करी गर्ने उद्देश्यले राखिएको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

तस्करी गर्ने उद्देश्यले राखिएको गाँजा सशस्त्र प्रहरीले बरामद गरे पनि तस्कर पक्राउ पर्न नसकेको सशस्त्र प्रहरीको भनाई छ। यस अघि पनि भारतबाट अवैध रूपमा राजस्व छलेर ल्याएको चालीस हजार बराबरको विभिन्न सामाग्रीहरू नियन्त्रण गरी भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको थियो ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु