मेचीनगर । झापामा मंगलबार (भोलि)देखि सार्वजनिक यातायाता चल्ने भएका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति (डीसीसीएमसी) ले भोलि देखि लागू हुने गरी सार्वजनिक यातायात खुला गर्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
अब झापाबाट मोरङ्, सुनसरी र ईलामका लागि समेत जोरबिजोर प्रणालीमा सवारी साधन चल्ने भएका छन् ।
चारै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकपछि सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा खुला गर्ने निर्णय गरिएको हो ।
यो निर्णयसँगै अब सबै प्रकारका सवारी साधन जोरबिजोर प्रणालीमा चल्ने भएका छन् । अत्यावश्यकीय सवारी साधनमा भने यो नियम लागू हुने छैन ।