१९ मंसिर, मेचीनगर : महिला जनचेतना केन्द्रको आयोजनामा धनकुटाको भेडेटारमा २ दिवसीय प्रदेश स्तरीय कार्याशाल उदघाटन भएको छ । प्रदेश नम्बर १ का दश वटा जिल्लाहरु झापा, मोरङ्ग, सुनसरी, धनकुटा, इलाम, पाचथर, भोजपुर, उदयपुर, संखुवासभा, तेह्रथुमबाट करिब ३५ जना किशोरीहरुको सहभागीता रहेको छ । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानलाई सार्थक तुल्याउनलाई यो २ दिने कार्याशाला सञ्चालन गरिएको संस्थाका कार्यकारी प्रमुख राधा प्रधान बताउनुहुन्छ ।
उदघाटन सत्रका प्रमुख अतिथि वियोन्ड वेइजिङ्ग कमिटि नेपालका अध्यक्ष सुसिला श्रेष्ठले विषेश प्रशिक्षण प्रदान गर्न भएको थियोे । त्यस्तै बाँकी दुई दिन लेखक तथा अनुसन्धानकर्ता रिता शाहा, मानव अधिकारकर्मी कोषराज न्यौपाने लगायतले प्रशिक्षण प्रदान गर्ने छ । उदघाटन सत्रको अध्यक्ष सिता गुरुङ्ग, सञ्चालन संस्थाका सचिव भुवन सुब्बा, कार्यक्रमको औचित्य माथि प्रकास संस्थाका कार्यकारी प्रमुख राधा प्रधान, स्वागत संस्थाका सदस्य रेजिना श्रेष्ठले गर्नु भएको थियो ।