२६ माघ, मेचीनगर : आगामी तीनवर्षे कार्यकालका लागि पुनः बद्रीप्रकाश उप्रेती मेचीनगर — ७ लाई अध्यक्षमा चयन गर्दै उप्रेती समाज सेवा समिति झापाको १ नम्बर क्षेत्रीय भेला शुक्रबार सम्पन्न भएको छ ।
काँकरभिट्टा बहुमखी क्याम्पसको सभाहलमा समाजका झापा जिल्ला सदस्य हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको दोस्रो भेलाले उपाध्यक्षहरुमा बद्रीप्रसाद उप्रेती भद्रपुर—९ रमा निरौला उप्रेती मेचीनगर —९ लाई सर्वसम्मत चयन गरेको छ ।
उपाध्यक्षमा चयन हुनुभएका दुवैजना नयाँ अनुहार हुनुहुन्छ । समितिको सचिवमा लक्ष्मी उप्रेती मेचीनगर —६ चयन हुनुभएको छ । उहाँ यसअघिको कार्याकालमा समेत सचिवको जिम्मेवारी हुनुहुन्थयो । सहसचिवमा कौशल उप्रेती मेचीनगर — ४ तथा कोषाध्यक्षमा गीता उप्रेती मेचीनगर—७ सर्वसम्मत चयन हुनुभएको छ । उहाँहरु दुवै नयाँ अनुहार हुनुहुन्छ ।
यसैगरी, सदस्यहरुमा रेवादास उप्रेती मेचीनगर — १५, राजु उप्रेती मेचीनगर — १३, नवीन उप्रेती मेचीनगर—६, कुमार उप्रेती भद्रपुर — १०, निशा उप्रेती मेचीनगर —६, उमेश उप्रेती मेचीनगर — ५ र हरिप्रसाद उप्रेती मेचीनगर — ११ सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिका संयोजक एवम् समाजका क्षेत्रीय संयोजक तथा जिल्ला सदस्य सूर्यप्रकाश उप्रेतीले जानकारी दिनुभयो ।
नेतृत्व चयनका लागि उहाँको संयोजकत्वमा जिल्ला सदस्य हरिप्रसाद उप्रेती र निवर्तमान अध्यक्ष बद्रीप्रकाश उप्रेती सदस्य रहने गरी निर्वाचन समिति निर्माण भएको थियो । समितिले क्षेत्रको भुगोललाई समेत हेरेर सवैक्षेत्रको प्रतिनिधित्व हुने गरी नाम सिफारीस गरेकोमा हलले ती नाममा सर्वसम्मतरुपमा समर्थन गरेका कारण नेतृत्व सर्वसम्मत चयन भएको हो । समितिको पहिलो बैठकले दुईजना सदस्य मनोनयन गर्ने छ भने पाँच सदस्यीय सल्लाहकार समिति चयन गर्ने छ ।
समितिका अध्यक्ष बद्रीप्रकाश उप्रेतीको अध्ययक्षतामा भएको कार्यक्रममा समाजका क्षेत्रीय संयोजक तथा जिल्ला सदस्य सूर्यप्रकाश उप्रेतीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । कायृक्रममा बोल्ने अधिकाँश वक्ताहरुले बन्धुहरुबीच एकताको खाचो रहेको यसलाई सवैले आत्मसाथ गरेर जानुपर्ने बताएका थिए । अहिलेको अवस्थामा फुटेर नभई जुटेर अगाडि बढ्न जरुरी रहेको बताउँदै वक्ताहरुले बन्धुहरुबीच एकआपसमा भाइचाराको सम्बन्ध हुन जरुरी रहेको आवश्यकता औल्याइएको थियो ।
सचिव लक्ष्मी उप्रेतीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि उप्रेती, ज्येष्ठ सदस्य देवीप्रसाद उप्रेती, नवनिर्वाचित उपाध्यक्ष बद्रीप्रसाद उप्रेती, निर्वाचन समितिका संयोजक एवम् समाजका क्षेत्रीय संयोजक तथा जिल्ला सदस्य सूर्यप्रकाश उप्रेतीलगायतले आ आफ्नो विचार राख्दैं नवनिर्वाचित समितिलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो । नवनिर्वाचित अध्यष बद्रीप्रकाश उप्रेतीले प्रतिवद्घता मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर नगरपालिकाका १५ वटै, भद्रपुर नगरपालिकाका ९ र १० नम्बर तथा बुद्घशान्ति गाउँपालिकाका ४,५,६ र ७ नमबर वडाबाट उप्रेतीहरुको सहभागिता रहेको थियो ।