१४औं स्थापना दिवसको अवसरमा गायिका मेनुका पौडेललाई रोटरी काँकरभिट्टाको सम्मान र पुरस्कार

६ फागुन, मेचीनगर ः मेनुका पौडेल, यो कुनै नवीन नाम होईन् । उनै मेनुका अहिले जन जनको मन र मुटुमा बस्न सफल हुनुहुन्छ । २०५५ साल असोज ३१ गते झापाको हल्दीवारी–४ बडावारी बजारमा पिता टिकाराम र माता पम्फादेवी पौडेलको कोखबाट जन्मिनु भएकी मेनुका जन्मजात दृष्टिविहीन हुनुहुन्छ । मेनुकाले अहिले संगीतको माध्यमबाट नेपाल र नेपाली अनि झापा र झापालीको नाम विश्वभर चिनाउन सफल हुनुभएको छ । यसैका कारण अहिले उहाँलाई पुरस्कार र सम्मान थाप्न भ्याई नभ्याई छ ।

हो, उहाँ नै मेनुका पौडेललाई आइतबार झापाको मेचीनगरमा स्वागत र सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय रोटरी क्लब डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाले नेपाली संगीतको विकास र प्रवद्र्घन अनि गीत र संगीतका माध्यमबाट नेपाल र नेपाली अनि झापा र झापालीको नाम विश्वभर चिनाउन सफल भएकोमा उहाँको उच्च मुल्याङ्कन गदैं नगदसहित सम्मान पत्र प्रदान गरिएको रोटरी क्लब अफ काँकरभिट्टा सन् २०२३—२०२४ का अध्यक्ष इञ्जिनियर रुद्र मैनालीले जानकारी दिनुभयो ।

रोटरी क्लब सन् २०२३—२०२४ का प्रेसिडेन्ट नोमिनी उदयकुमार श्रेष्ठले सम्मानित व्यक्तित्व गायिका मेनुका पौडेलको वाचन गरेको सम्मान पत्र रोटरीका असिष्टेन्ड गर्भनर ‐एजी) सन्दिप दिपु चापागाईँले तथा नगद रकम रोटरी क्लब अफ काँकरभिट्टा सन् २०२३—२०२४ का अध्यक्ष इञ्जिनियर रुद्र मैनालीले प्रदान गर्नुभएको थियो । इन्डियन आइडल १४ औं सिजनको प्रशारण सुरु भएको पहिलो एपिसोडमै मेनुकाको प्रस्तुति समावेश थियो । संयोग नै होला रोटरी क्लब अफ काँकरभिट्टाले पनि आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवका अवसरमा उहाँलाई सम्मान तथा पुरस्कृत गरेको हो । ४ वर्षको उमेरमै आफुलाई बुवाले गरामुनीमा रहेको दुर्गा माविको होस्टलमा लगेर राखेको स्मरण गदैं उहाँले जहाँ आफु जस्तै दृष्टिविहीन बालबालिकाले आश्रय लिइरहेको बताउनुभयो । घरबाट एक घण्टा दूरीमा रहेको यही होस्टलको चौघेराभित्र बितेको मेनुकाको बाल्यकाल अहिले उहाँलई निक्कै राम्रो लागेको छ रे ।

निकै प्रतिस्पर्धात्मक मानिएको भारतीय टीभी रियालिटी शो इन्डियन आइडलको १४ औं सिजनको उत्कृष्ट १० मा पर्न सफल मेनुकाले कार्यक्रmममा आफ्नो विगतदेखि वर्तमानसम्मको अवस्था सुनाउनुभयो । ‘भारतीयले मात्र भाग लिन मिल्ने प्रतियोगितामा म कसरी पुगे थाहा छैन् ’ मेनुकाले यसो भनेपछि सहभागी सवैले उहाँप्रति सम्मान जनाउँदै गडगडावट तालीले स्वागत गरेपछि कार्यक्रम स्थल होटल ग्रेस नै त्यो तालीले गुञ्जियो अनि उहाँले वाहवाही बटुल्नुभयो । खासमा ‘इन्डियन आइडल’ मा गैरभारतीयले भाग लिन नपाउने प्रावधान छ । अरु भारतीय रियालिटी शोमा जुनसुकै देशका नागरिकले भाग लिन पाउने भए पनि इन्डियन आइडलमा भने भारतीयले मात्रै प्रतिस्पर्धा गर्न पाउने गायिका पौडेलले बताउनुभयो ।

गीत संगीत नै मान्ने २५ वर्षीय मेनुकाका आवाजले जोकोहीलाई मन्त्रमुघ्ध बनाउन सक्छ । ‘मानौं, संगीत उनको नशा नशामा छ’ उहाँले भन्नुभयो । विशुद्ध नेपाली नागरिकले भने इन्डियन आइडलमा अडिसन दिएर छनोट भएको पहिलो पटक हो । गायिका मेनुका नै हुनुहुन्छ । मेनुका पौडेलको साधना स्मरण गदैं अध्यक्ष इञ्जिनियर मैनालीले नेपाल आइडल, सारेगमप हुँदै इन्डियन आइडलमा जादु छरेको भन्दैं प्रशंसा गर्नुभयो । गायिका मेनुका पौडेलले नेपाल आइडल, सारेगमप हुँदै इन्डियन आइडलको मञ्चमा पुगेर नेपाल र नेपाली अनि झापा र झापालीको नाम स्वदेश तथा विदेशमै चिनाउन सफल हुनुभएकोमा क्लबले उहाँको खुलेरै तारीफ गरेको छ ।

भारतीय टीभी रियालिटी शोमा मेनुकाले यसरी प्रस्तुती दिइएको पहिलो पटक नभई यसअघि अर्को रियालिटी शो ‘सारेगमप’ मा पनि भाग लिनुभएको क्लबका पूर्व अध्यक्ष सुजन प्रधानले जानकारी गराउनुभयो ।

नेपाल आइडलले नै उहाँलाई देशविदेशमा रहेका नेपालीहरुमाझ चिनायो । यात्रा भने टप ११ मा पुगेर रोकिएको थियो । भोटिङका आधारमा उहाँ आउट हुनुभयो । तर, उहाँको सांगीतिक रफ्तार रोकिएन । यसैको निरन्तरताका साथ इन्डियन आइडलको १४ औं सिजनको उत्कृष्ट १० मा पर्न सफल हुनुभयो ।

निवर्तमान अध्यक्ष सुजन प्रधानले सञ्चालन गरेको कार्यक्रममा बोल्दैं प्रमुख अतिथि समेत रहनु भएका असिष्टेन्ड गर्भनर (एजी) सन्दिप दिपु चापागाईँले विगतदेखि वर्तमान साँ आइपुग्दा रोटरी क्लब अफ काँकरभिट्टाले मानवीय क्षेत्रमा निक्कै योगदान खेलेको बताउनुभयो । सन् २०२४/२०२५ का अध्यक्ष डाक्टर आनन्दराज खनालले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा पूर्व अध्यक्ष राजु महर्जनले स्वागत तथा दिलीप सुवेदीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.