२५ असाेज, विर्तामोड : उप्रेती समाज सेवा समिति, जिल्ला कार्य समिति झापाले गतवर्ष झै यसवर्ष पनि विद्यार्थी तथा समाजका ज्येष्ठ सदस्यहरूलाई सम्मान तथा नगदसहित पुरस्कृत गरेकाे छ ।
समाजले हरेक वर्ष महाअष्टमीका दिन रघुनाथ स्मृति उप्रेती भवन विर्तामाेड- ४ मा विजय दशमी, शुभ दिपावली, छठ, नेपाल संवत् लगायत विभिन्न चाडपर्वका अवसरमा शुभ कामना आदान प्रदान र सम्मान कार्यक्रम गर्दैँ आएकाे छ ।
शुक्रबार रघुनाथ स्मृति उप्रेती भवन विर्तामोड -४ मा आयाेजित कार्यक्रममा ज्येष्ठ सदस्यहरूझापा बाह्रदशी गाउँपालिका- ७ का हिमादेवी उप्रेती, देवीप्रसाद उप्रेती र प्रेमप्रसाद उप्रेतीलाई सम्मान गरिएकाे छ ।
यसैगरी, माध्यमिक शिक्षा परिषद परीक्षा अन्तरर्गत २०८० सालकाे एसइइ परीक्षामा सामुदायिक विद्यालयतर्फ कन्काई मावि कन्काई- ३ बाट सर्वाेत्कृष्ट अंक ल्याउने छात्रतर्फ आयूष उप्रेती, छात्रातर्फ प्रजिता उप्रेती र यूनिषा उप्रेतीलाई सम्मान तथा पुरस्कृत गरिएकाे छ थियाे भने, संस्थागततर्फ छात्रतर्फ टावर टेम्पल विद्यालयका आर्यान उप्रेतीलाई सम्मान पत्र र नगद पाच हजार रूपैयाँ प्रदान गरियाे । उनीहरूलाई स्वर्गीय शिवलाल – छलमाया स्मृति काेषबाट छात्राबृति रकमसहित सम्मान पत्र प्रदान गरिएकाे हाे ।
सम्मानित तथा पुरस्कृत ज्येष्ठ सदस्य तथा विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि समाजका संस्थापक अध्यक्ष चिरञ्जीवी उप्रेती , वर्तमान अध्यक्ष डिल्ली उप्रेती अक्षयकोष दाता परिवारका सदस्यहरूले दाेसल्ला, अविर टीका पहिर्याएर नगद तथा सम्मान पत्र प्रदान गर्नुभयाे ।
कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष चिरञ्जीवी उप्रेती, मेचीनगर नगरपालिका उपप्रमुख मीना पाेखरेल उप्रेती, भवन निर्माणका क्रममा उल्लेखिय याेगदान दिनुहुने जग्गादाता माेहन उप्रेती, चन्दाता जग्गादाता परिवारकातर्फबाट रञ्जन उप्रेती, भीष्म उप्रेती, क्षेत्रीय समितिकाे प्रतिनिधित्व गर्दैँ क्षेत्र नम्वर ५ का अध्यक्ष गंगाप्रसाद उप्रेतीलगायतले बाेल्नुभएकाे थियाे ।
समितिका अध्यक्ष डिल्ली उप्रेतीकाे सभापतित्वमा भएकाे कार्यक्रमकाे सञ्चालन सचिव चन्द्रमाेहन उप्रेती र स्वागत समाजका जिल्ला कार्यसमिति उपाध्यक्ष अम्बिका उप्रेतीले गर्नुभएकाे थियाे ।