मुख्यमन्त्री हिक्मत कुमार कार्की र केन सिमिजुबीच भेटवार्ता

३० असार, मेचीनगर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्रिय सङ्घीय खाद्य तथा कृषि संगठनको नेपाल साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजु बीच सोमबार भेटवार्ता भएको छ । सो अवसरमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत परियोजनाहरु संचालन गरेकोमा धन्यवाद ज्ञापन गरे ।

उनले भेटघाटमा मध्यपहाडी जिल्लाहरुमा वातावरणीय प्रभाव कम गर्ने, कृषि क्षेत्र र उच्च मूल्यका फलहरुको उत्पादन, बजारीकरण र व्यवस्थापनमा काममा सहयोग गर्नका लागि आग्रह गरे । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको कृषि ,जलवायु र विपद जस्ता क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न सके उपलब्धि हासिल हुनेमा जोड दिए ।

कोशी प्रदेश सरकार जलबायु परिवर्तन र यसले पारेका असरका सन्दर्भमा अत्यन्तै चिन्तित रहेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश हिमाल, पहाड र तराईको भौगोलिक विविधता युक्त भएकाले जैविक विविधतासहितको प्राकृतिक पहिचान रहेको छ त्यसैले पनि यहाँ जलवायु र कृषि उत्पादनका क्षेत्रमा काम गर्न सकिने बताए ।

’प्रदेश सरकार यी विषयहरुमा कसरी अगाडी बढ्ने भन्ने गहन छलफल गर्नु पर्ने अवस्थामा छौ, मुख्यमन्त्री कार्कीले भने ’ यी र यस्ता प्रभावहरुका बारेमा सबै सरोकारवालाहरु सग छलफल गर्न हामि चाहन्छौ ।’ आगामी आर्थिक वर्ष विश्व रामसार दिवसका अवसरमा जलबायु परिवर्तनका असरका सम्बन्धमा सम्मेलन आयोजना गर्ने तयारी रहेको समेत उनले जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले विविध विषयमा सहकार्य गरेर अघि बढ्न कोशी प्रदेश सरकार सकारात्मक रहेको बताए । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि संगठनको प्रतिनिधि केन सिमिजुले आफूहरू पनि प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताए । उनले थप काम गर्नका लागि यहाँ सम्पर्क कार्यालय सञ्चालन गरेर अघि बढ्ने तयारी रहेको जानकारी दिए ।

प्रदेश सरकारले सञ्चालन गर्न लागेका कृषि र जलवायुका विविध विषयमा सहकार्य र समन्वयका साथ अगाडि बढ्ने उनले बताए । संयुक्त राष्ट्रिय संघीय खाद्य तथा कृषि संगठनले कोशी प्रदेशमा जैविक विविधता माटो संरक्षण व्यवस्थापन, चुरे क्षेत्रमा वातावरणीय प्रभाव न्यूनीकरण जस्ता विषयमा काम गरिरहेको छ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.