प्रेस चौतारी झापाको उपचार कोषलाई २७ हजार १ सय रुपैयाँ सहयोग

३१ असार, मेचीनगर :  प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई सहयोग रकम प्राप्त भएको छ । बिर्तामोडस्थित नेकपा एमालेका नेताहरुले एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गरेका थिए । नेकपा एमाले बिर्तामोड नगर कमिटीको कार्यालयमा नेताहरुले चौतारीको उपचार कोषलाई नगद २७ हजार १ सय रुपैयाँ सहयोग गरेको प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले जानकारी दिए ।

नेकपा एमाले बिर्तामोड इञ्चार्ज अम्बिर कुमार लिङदेन ११ हजार, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई ११ हजार र पार्टीका बिर्तामोड ५ का उपसचिव एवम् नेपाल राष्ट्रिय वाणिज्य संघ बिर्तामोडको उपाध्यक्ष उपेन्द्र बानियाँले ५ हजार १ सय रुपैयाँ रकम कोषलाई सहयोग गरेका थिए । प्रेस चौतारी झापाले स्थापना गरेको कोषका बारेमा जानकारी दिन पुगेको पत्रकारहरुको टोलीलाई नेताहरुले कोषको उद्देश्य मन पराएर सहयोग गरेको जानकारी दिए ।
पत्रकारहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापित कोषको रकम वृद्धिका लागि सहयोगको प्रतिवद्धता समेत व्यक्त गरेका छन् । बिर्तामोड नगर प्रमुख एवम् प्रदेश कमिटी सदस्य पवित्रा महतारा प्रसाई, एमाले नेताहरु देवराज कार्की, अम्बिर कुमार लिङदेन, सुवास भट्टराई, बद्री भट्टराई, राजन भट्टराई, उपेन्द्र बानियाँ, चौतारी पूर्व केन्द्रीय सदस्य मोहन काजी, उपचार कोषको संयोजक भीमा शिवाकोटीले धारणा राखेका थिए ।

चौतारी झापाका अध्यक्ष परियारले कोष स्थापना र आगामी योजनाका बारेमा संक्षिप्त जानकारी दिए । उपचार कोषमा जम्मा भएको रकमबाट प्राप्त हुने व्याजले उपचारमा सहयोग गर्ने कोषको संयोजक शिवाकोटीले जानकारी दिईन् । उनका अनुसार हालसम्म कोषमा ७ लाख रुपैयाँ जम्मा भएको छ ।

 

 

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.