४ साउन, मेचीनगर : इलाका प्रहरी कार्यालय काँकरभिट्टाले प्रतिबन्धित लागूऔषध गाजासहित झापा मेचीनगरबाट एकजना मानिसलाई पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा आइतबार अपरान्ह चार बजेतिर मेचीनगर —३ दोकानडाडा बस्ने वर्ष ४३ का हरिलाल न्यौपानेलाई १ केजी चारसय ग्राम गाजासहित पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ ।
न्यौपानेको घरबाटै सेतो बोरामा भण्डारण गरी राखेको अवस्थामा गाजासहित न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा आवश्यक सोधपुछ र अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।
न्यौपानले भने आफु पनि गाजा खाने र केही विक्री समेत गर्ने प्रहरीलाई बयान दिएका छन् । प्रहरीले आवश्यक अनुसन्धानपछि उनी दोषी ठहरिए लागूऔषध ओसारपसार सम्बन्धी ऐन अन्तर्गत मुद्धा चलाउने तयारी गरेको बताइएको छ ।
उता पोने चार बजेतिर बजे झापा जिल्ला दमक नगरपालिका —५ एक भारतीय नागरिक लागुऔषधसहित पक्राउ परेका छन् । प्रतिबन्धित लागुऔषध बिक्री वितरण कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका —५ मेची स्टोर अगाडी सडकमा शंकास्पद अवस्थामा हिडिरहेको भारत विहार राज्य कटियार जिल्ला बस्ने बर्ष अन्दाज २८ को सुरजकुमार साह पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


उनलाई चेकजाँच गर्ने क्रममा निजले ब्याग भित्र प्लाष्टिकको बट्टामा प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अबस्थामा खैरो हेरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ४६ ग्राम ७६ मिलिग्राम र प्लाष्टिक बाहेक ४२ ग्राम १७ मिलिग्राम विभिन्न दरका नेपाली रुपैया जम्मा रु. ३७,९००÷– (सईतीस हजार नौ सय), डिजिटल तराजु थान–१ (एक), मोवाईल नं. ९८०८०७७४२५ सिमकार्ड प्रयोग भएको मोवाईल थान–१, अगाडीको सिसाको भाग फुटेको भिवो मोवाईल थान–१ र निजको परिचयपत्र खुल्ने कागजात भारतीय आधार कार्ड थान–१ समेत फेला पारी उक्त सम्पुर्ण दशीका सामानहरु बरामद गरी निज सुरजकुमार साहलाई समेत पक्राउ गरी इप्रका दमकमा ल्याएर थप अनुसन्धान भईरहेको जनाएको छ ।

























