अन्तर्राष्ट्रिय रोटरी डिस्ट्रीक ३२९२ ‘क्लब अफिसर्स लर्निङ्ग सेमिनार’ सम्पन्न

४ साउन, विर्तामोड ः अन्तर्राष्ट्रिय रोटरी डिस्ट्रीक ३२९२ अन्तर्गत ‘रिजन सेभेन’ अन्तर्गतका क्लबबीच शनिबार एक दिवशिय ‘क्लब अफिसर्स लर्निङ्गसेमिनार’ सम्पन्न भएको छ । सन् २०२५/२६ मा आफ्ना क्लबलाई अझ बढी सशक्तरुपमा अघि बढाउनका लागि ‘रिजन सेभेन’ अन्तर्गतका क्लबहरुको संयुक्त आयोजनामा उक्त सेमिनार सम्पन्न भएको अन्तर्राष्ट्रिय रोटरी डिस्ट्रीक ३२९२ अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२५/२६ का अध्यक्ष उदयकुमार श्रेष्ठले बताए ।

विर्तामोडस्थित सिद्धार्थ होटल ग्रण्ड सिटीमा ‘रिजन सेभेन’ अन्तर्गतका क्लबहरु रोटरी क्लब अफ भद्रपुर, रोटरी क्लब अफ विर्तामोड, रोटरी क्लब आफ विर्तामोड मिडटाउन, रोटरी क्लब अफ दमक, रोटरी क्लब अफ इलाम, रोटरी क्लब अफ काँकरभिट्टा, रोटरी क्लब अफ मेचीनगर, रोटरी क्लब अफ सुरुङ्गा र रोटरी क्लब अफ उर्लाबारी मोरङका सन् २०२५/२६ मा अध्यक्ष, सचिव, कोषाध्यक्ष र कमिटि चियरहरुलाई लक्षित गरी सेमिनार आयोजन गरिएको हो ।

सेमिनारमा सहभागी रोटरियनहरुलाई ‘लिडरसीप पब्लिक स्पिीकिङ्ग’ का विषयमा ‘डिस्ट्रीक कोडिनेटर’ सञ्जय गिरी, ‘म्याम्बरसीप’ का विषयमा ‘डिस्ट्रीक लर्निङ्ग कमिटि चियर जितेन्द्र राजभण्डारी, पव्लिक इमेजका विषयमा ‘डिस्ट्रीक पब्लिक कमिटी चियर’ अमित गिरी, क्लब एडमिनिस्ट्रेशनका विषयमा लक्ष्मण जीनवालीलगायतले प्रमुख वक्ताका रुपमा आ-आफ्नो विचार राखेका थिए ।

उनीहरुले आगामी दिनमा क्लबलाई अझ माथि उठाउन सम्बन्धित क्लबहरुले विभिन्नक्षेत्रसँग सहकार्य र समन्वय गदैं अघि बढ्नुपर्ने, क्लबका हरेक गतिविधिलाई विभिन्न सञ्चारमाध्यममार्फत प्रचार प्रसारमा ध्यान दिनुपर्ने, सदस्य विस्तारका लागि सक्रियरुपमा लाग्नुपर्नेमा जोड दिएका थिए । रोटरी भनेकै हरेक सामाजिक क्षेत्रमा क्रियाशील संस्था भएकाले क्लबले आफ्नो भन्दा पनि समाजको आवश्यकता अनुसार अघि बढ्नुपर्नेमा उनीहरुले जोड दिएका थिए । क्लबका सदस्यहरुका बिचमा भातृत्व विकास गराउन संस्कार संस्कृतिका बारेमा समेत बेलाबखत अन्तरक्रिया छलफल आवश्यक रहेको औल्याएका थिए ।

सामाजिक उत्तरदायित्व बहनमा रोटरीको भूमिका प्रभावकारी रहेको र शिक्षा, स्वास्थ्य लगायत सामाजिक सरोकारका विषयहरुमा रोटरीले विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै आफ्ना कार्यक्रम अघि बढाएको भन्दै उनीहरुले समाजमा रोटरीको छुट्टै पहिचान स्थापित भएको समेत बताए ।

समाज रुपान्तरणका लागि रोटरीयनहरुको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुले सामाजिक क्षेत्रमा अरु रचनात्मक क्रियाकलाप गर्न समेत आग्रह गरे । समाजमा केही गरौं भन्ने भावनाका साथ रोटरीमा लागेका व्यक्तिहरुले स्वार्थ भन्दा माथि उठेर सेवा प्रदान गरिरहेको बताउँदैं उनीहरुले भने “रोटरी विशुद्ध स्वार्थरहित संस्था हो, सबैसँग हातेमालो गर्दै सामाजिक विकासका निम्ति नै यसले काम गर्दै आएको छ” ।

रोटरीले वर्षेनी नयाँ नयाँ प्रोजेक्ट ल्याएको र प्रोजेक्ट सम्पन्न गर्न रोटरी इन्टरनेशनलले पनि सहयोग गरिरहेको भन्दै रोटरीले सञ्चालन गरिरहेका परियोजनाहरुको अवस्थाबारे निरन्तर नियमन गर्नुपर्नेमा जोड दिए । ती गतिविधिलाई पत्रकार सम्मेलन, प्रेस विज्ञप्तीमार्फत सवैमा जनकारी गराउन समेत उनीहरुले जोड दिए । अनुभवी व्यक्ति रोटरीमा आउनुपर्ने र जसले युवालाई मार्गनिर्देशन गर्ने भन्दैे रोटरी फाउण्डेशनमा योगदान गर्न पनि आग्रह गरे ।रोटरीयनहरुको अझै बढी योगदान देश र समाजले खोजीरहेको पनि बताए ।

सेमिनारमा ग्रुप डिस्कस समेत गरिएको थियो । ‘डिएलएस रिजनल कोचियर ’ कुमारमणि पोख्रेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन ‘रिजन सेभेन’ ज्वाइन्ट डिस्ट्रीक सेक्रेटरी सुजन प्रधानले गरेका थिए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.