रोटरी क्लब अफ काँकरभिट्टाको बृक्षारोपण : ‘बिरुवा रोप्न भन्दा जोगाउन चुनौतीपूर्ण ’: गायक लामा

१० साउन, मेचीनगर :  ‘उँभो उँभो खास्सा म जाँदा, तातोपानी बजारमा बसेथें
तातोपानी बजार घुम्दै जाँदा, शेर्पेनी कान्छीलाई भेटेथें
शेर्पेनी कान्छी क्या राम्री, बान्की परेकी

निक्कै चर्चा बटुलेको यो गीतका गायक वा मंगोलियन हार्टमा स्पन्दन भर्ने पात्र राजु लामा शनिबार विहान झापाको मेचीनगरमा एकाएक देखा परे । नत त्यहाँ कुनै साँगितीक कार्यक्रमको तयारी छ , नत उनी आउने भन्ने कुराको व्यापक प्रचार प्रसार नै । उनलाई एक्कासी देखेपछि उनी सँग फोटो खिच्नेको भिड नलाग्ने कुरै भएन् ।

उनी आएपछि पक्कै यहाँ गीत संगीत प्रस्तुत हुन्छ नै भनेर धेरैले अडकल बाजी समेत गरेका रहेछन् । पछिमात्र धेरैले बुझे उनले यहाँ न गीत नै गाउँछन न त गीत संगीतमा मानिसलाई मन्त्रमुग्ध पार्छन । हुन् पनि उनी शनिबार फरक कार्यक्रममा सहभागी हुन काँकरभिट्टा आइपुगेका रहेछन् । कार्यक्रम थियो, रोटरी क्लब अफ काँकरभिट्टाको बृक्षारोपण कार्यक्रम । अन्तर्राष्ट्रिय रोटरी डिस्ट्रीक ३२९२ को वार्षिक क्यालेण्डर अनुसार नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाले मेचीनगर —६ काँकरभिट्टाको श्री नेपाल विश्वनाथ शिवालय मन्दिर समिति परिसरमा बृक्षारोपण कार्यक्रम आयोजना गरेको थियो ।

त्यही कार्यक्रममा गायक राजु लामा अतिथिको रुपमा आएका थिए । उनले अमलाको विरुवा रोपेर कार्यक्रमको विधिवत रुपमा उद्घाटन गरेका थिए ।

रोट्रयाक क्लब अफ काँकरभिट्टा र रोट्रयाक क्लब अफ इटाभट्टा म्यूनिसिपलको समन्वय तथा श्री नेपाल विश्वनाथ शिवालय मन्दिर समिति काँकरभिट्टाको सहकार्यमा मन्दिर परिसरलाई हरियाली र वातावरणमैत्री बनाउने तथा मन्दिर परिसर संरक्षणका लागि १ सय ३३ थान विभिन्न जातका फलफूल का विरुवा रोप्ने कार्य सम्पन्न भएको हो ।

क्लबका अध्यक्ष उदयकुमार श्रेष्ठको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा नेपालका लोकप्रिय गायक तथा मंगोलियन हार्टमा स्पन्दन भर्ने पात्र राजु लामाकोे प्रमुख आतिथ्यता रहेको थियो । वृक्षारोपणमा अम्बा, तित्री, सीताफल, हात्तीफल, जरुल, अमला, केरा, ज्याकराण्डालागयत विभिन्न प्रजातीका फलफूलहरु रोपिएको थियो ।

 

वातावरण संरक्षण विश्वमै एक चुनौतीको रुपमा खडा भएकोले रोटरी क्लवले देशभर वृक्षारोपणलगायत सामाजिक काम गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । श्रेष्ठले रोपिएको बिरुवाहरु संरक्षण गर्न नियमित रेखदेख गरि हुर्काउन मन्दिर समितिले सहयोग गर्ने र त्यसले सार्थकता पाउने विश्वास व्यक्त गरे । क्लबले आफ्नो कार्ययोजना अनुसार नै वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको हो ।

रोटरी क्लब अफ काँकरभिट्टालाई विशेष धन्यवाद दिँदै गायक लामाले यस्ता प्रोजेक्टहरु सफलतापूर्वक अघि बढाउन स्थानीय सरकारको पूर्ण सहयोग चाहिने र आगामी दिनमा आफ्नो तर्फबाट सहकार्य गर्ने प्रतिबद्वता जनाए । बिरुवा रोप्न भन्दा जोगाउन चुनौतीपूर्ण रहेकाले वृक्षारोपण कार्यक्रम सँगसँगै यसको संरक्षणतर्फ पनि ध्यान दिनुपर्ने गायक लामको सुझाँव थियो । उनले वातावरण संरक्षणका लागि वृक्षारोपण जस्तो पवित्र काममा क्लवले काम गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।

क्लबका पूर्व अध्यक्ष नवराज ‐कृष्णकान्त) खनियाँले यस्ता सामाजिक काममा क्लव सँधै अगाडि रहेको बताए । उनले यस्ता कार्यका लागि निरन्तरता दिन आफूहरुलाई सरकारी निकायको अझै सहयोगको अपेक्षा गरे । कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष डाक्टर आनन्दराज खनाल, पूर्व अध्यक्षहरु नवराज ‐कृष्णकान्त) खनियाँल, सुजन प्रधान,अशोक श्रेष्ठ, राधिका गुरुङ, इन्जिनियर रुद्र मैनालीले क्लवले के–कस्ता सामाजिक कार्यहरु गर्छ, क्लवको परिचय र हालसम्म आफूहरुले गरेको विभिन्न गतिविधिहरूकोबारेमा प्रकाश पारेका थिए ।

उनीहरुले विशेषगरी शिक्षा र स्वाथ्यका क्षेत्रमा क्लबले काम गर्दै आएको पनि जानकारी दिए । यस्तै सफा र हरियाली शहर बनाउने उद्धेश्यका साथ वातावरण संरक्षणका लागि वृक्षारोपणको महत्व रहेकोले क्लबले वृक्षारोपण कार्यक्रम गरेको क्लवका प्रेसिडेन्ट इलेक्ट लक्ष्मीदेवी खनियाँको भनाइ छ । विरुवा हुर्कने अनुकूल समय पारेर क्लबले वृक्षारोपण कार्यक्रम गरेको छ, मन्दिर समितिले विरुवाको संरक्षण गर्ने र आफूहरु बेला–बेलामा गएर ती विरुवा हेरचाह गर्ने भएकाले ती विरुवा हुर्किनलाई समस्या नहुने खनियाँको भनाई छ ।

क्लबका मिडिया कोडिनेटर लक्ष्मी उप्रेतीका अनुसार वृक्षारोपण कार्यक्रममा क्लबका पदाधिकारी, रोटरीयन सदस्यहरू, रोट्रयाक क्लब अफ काँकरभिट्टाका अध्यक्ष विशाल घिसिङ्ग तामाङ, रोट्रयाक क्लब अफ इटाभट्टा म्यूनिसिपलका अध्यक्ष पूजा संग्रौलासहित दुवै क्लबका पदाधिकारी तथा सदस्यहरु, पूर्व अध्यक्षहरु,सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर—२ तातोपानीका वडाध्यक्ष कुमार श्रेष्ठ, श्री नेपाल विश्वनाथ शिवालय मन्दिर समिति काँकरभिट्टाका अध्यक्ष लक्ष्मण बस्नेत तथा पदाधिकारीहरु, सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म काँकरभिट्टाका निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक रोशन घिमिरे, सशस्त्र प्रहरीका सिनियर तथा जुनियर अधिकृतहरुलगायत सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो ।

 

कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२५—२६ का सचिव रविन सुवेदी र स्वागत पूर्व अध्यक्ष राधिका गुरुङले सहभागी सवैलाई शब्दमार्फत स्वागत गरेकी थिईन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.