सांसद विष्टले खोले भारतीय नाका, आवजावतमा सहज

३० भदौ, मेचीनगर :  नेपालमा दुईदिनसम्म चलेको ‘जेनेरेशन जेड’ ‐जेनजी) आन्दोलनका क्रममा अवरुद्ध भारततर्फको सीमानाका सोमबार साँझबाट ‐आज) बाट नियमित सञ्चालनमा आएको छ ।

२३—२४ भदौमा भएको बाट शुरु ‘जेनेरेशन जेड’‐जेनजी) आन्दोलनलाई मध्यनजर गरेर सुदूरपूर्वको नेपालसँग सीमा जोडीएको भारतको पश्चिम बंगाल राज्यको रानीगञ्ज पानीट्याँकी नाका भारतर्फले एकलौटी बन्द गरेको थियो । भारतीय पक्षले यो नाका भएर नेपालीलाई भारत जान रोकेको थियो ।

सोमबार भारतको पश्चिम बंगाल दार्जिलिङ जिल्लाबाट लोकसभाका सांसद भारतीय जनता पार्टीका प्रवक्ता समेत रहेका राजु विष्टसहितको टोलीले पानीट्याँकीस्थित सीमा सुरक्षा बल ‐एसएसवी) विओपीका उच्च अधिकारीहरुसँग नाकाका विषयमा कुराकानी गरेका थिए । भारतबाट नेपाल प्रवेश गर्ने पानीट्याँकी नक्शलवाडी सवैभन्दा बढी मुख्यः प्रवेशद्वार रहेको भन्दैं सां‘सद विष्टले मानिस अवात जावत गर्न होस वा अन्य व्यापारका लागि सवैभन्दा महत्वपूर्ण प्रवेशद्वार रहेको बताए ।

‘नौ दिन अघि जुन घटना नेपालमा भयो त्यसवेलादेखि यहाँको व्यापार चलायमान नभएको, मानिस आउने जाने क्रम रोकिएको थियो, ’सांसद विष्टले भने,‘लगातार सीमा सुरक्षा बल‐एसएसवी) स्थानीय प्रहरी प्रशासनकातर्फबाट यसका लागि धन्यवाद व्यक्त गर्दछु । अझ बढी निगरानी गर्नुहोला ।’ कुनै पनि प्रकारका आपराधिक घटना यसक्षेत्रमा हुन नदिनका लागि सुरक्षाकर्मीलाई चनाखो बन्न उनले निर्देशन दिए । आज आफू स्वयम् र सीमा सुरक्षा बल‐एसएसवी) का आएजीपी, भन्सारलगायत सरोकारपक्ष सवैजनासँग निक्कै लामो छलफल भए पश्चात दुवैतर्फ व्यपार वाणिज्यलाई चलायमान र मानिसहरुलाई आवात जावत शुरु गरिदिएको सांसद विष्टले बताए । नौ दिनदेखि दुवैतर्फ मालवहाक सवारी साधन रोकिएका थिए । सोमबार साँझबाट भारततर्फले गेट खोलीदिएको स्पष्ट पारे । तर, शतप्रतिशत वा सामान्य रुपमा फर्किन अरु एक दुई दिन लाग्ने विष्टले बताए । तर, अहिलेलाई भने सीमा सुरक्षा बल‐एसएसवी) भन्सारका कारण कुनै रोकावट नभएको उनको भनाई थियो । अब दुवै देशका नागरिक , मालवहाक सवारी साधन आवात जावत र व्यपार व्यवसायमा कुनै समस्या नहुने र भारततर्फको नाका खुलेको घोषणा गरे ।

जिएनजीको आन्दोलनपछिदेशभर जारी कफ्र्युका कारण भारतले नाकामा कडाई गरेको थियो । भारतबाट नेपाली आउन दिने तर, नेपालबाट भारत जान रोकेको थियो । यता झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नेपालमा ‘जेनेरेशन जेड’‐जेनजी) आन्दोलनका कारण भारतीय एसएसवीले कडा गरेको र नाका खुल्लै रहेको सञ्चारमाध्यमलाई बताए ।

तस्वीर: सांसद विष्टको सचिवलाय

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.