इटाभट्टा ,२३ फागुन ÷ नेपाल सरकारले मेचीनगर नगरपालिकालाई भौतिक पूर्वाधार र सुशासनका लागि दिने विकास बजेट सम्झौता पत्रमा मेचीनगरको तर्फबाट नगरप्रमुख विमल आचार्यले काठमाडौंमा हस्ताक्षर गर्नुभएको छ ।
नगरपालिकामा अहिलेका जनप्रतिनिधि निर्वाचित भएर आएपछि सरकारबाट आएको यो सबैभन्दा ठूलो विकास बजेटको रकम लगभग एक अर्ब बजेट रहेको छ । सो बजेट नेपाल सरकारलाई विश्व बैंकले दिएको हो । सरकारले मेचीनगर नगरपालिकालाई दिएको बताईएको छ ।
मेचीनगरका कार्यवाहक उपप्रमुख मीना उप्रेतीका अनुसार शुक्रवार सो सम्बन्धी सम्झौता पत्रमा मेचीनगरको तर्फबाट नगरप्रमुख विमल आचार्यले काठमाडौंमा हस्ताक्षर गर्नुभएको जानकारी दिनुभयो ।
सहरी विकास तथा भवन निर्माण शाखामार्फत सञ्चालन हुने सो बजेट ऋण नभएर पुरै अनुदान भएको उप्रेतीले बताउनुभयो ।