Wednesday, April 21, 2021
- बिज्ञापन -
गृह अपराध / कानूनआठमहिनामा १३ वटा महिला तथा बाल बालिकामाथि हिंसाका घटना

आठमहिनामा १३ वटा महिला तथा बाल बालिकामाथि हिंसाका घटना

काँकरभिट्टा, २७ चैत | झापाको इलाका प्रहरी कार्यालय काँकरभिट्टा मतहतका क्षेत्रमा चालु आर्थिक वर्ष २०७७÷२०७८ को पहिलो आठमहिनामा महिला तथा बाल बालिकामाथि हुने १३ वटा हिंसा सम्बन्धिका मुद्घा दर्ता भएका छन् । यी घटनामा १२ जना अभियुक्त संलग्न रहेपनि प्रहरीको सक्रियताका कारण नौजना पक्राउ परेका छन् ।

धेरैजसो पूपक्षकालागि कारागार चलान भएका छन भने थोरै धरौटीमा रिहा भएका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको अपराध अनुसन्धान शाखाका अनुसार जवरजस्ती करणी, जवरजस्ती करणी उद्योग हाडनाता करणी तथा बाल यौन दुरुपयोगलगायतका हिंसा महिला तथा बाल बालिकामाथि हुने गरेको छ ।

कार्यालयको त्रि—वर्षिय तुलानात्मक अपराध तथ्याङले देखाए अनुसार चालु आर्थिक वर्ष २०७७-२०७८ को साउनदेखि फागुनमसान्तसम्म जवरजस्ती करणीका चारवटा घटना भएका छन् । तर, ती सवै फस्र्याेट भइसकेको कार्यालयले जनाएको छ । त्यो घटनामा संलग्न पाचजना अभियूक्त मध्ये चारजना पक्राउ परिसकेका छन् भने बाकी एकजना फरारको सूचीमा परेको कार्यालयले जनाएको छ । प्रहरीले घटनामा संलग्नको पहिचान गरी पक्राउ गर्न सफल भएको छ ।

यसैगरी जवरजस्ती करणी उद्योगका घटनामा संलग्न ६ जनाएकजना प्रहरी नियन्त्रण बाहिरै छन् । चालु आर्थिक वर्ष २०७७÷२०७८ को आठ महिने अवधिमा कार्यालयमा जवरजस्ती करणी उद्योगका पाचवटा मुद्घा दर्ता भएरै सवै फस्र्याेट भइसकेका छन् । हाडनाता करणीमा संलग्न एकजना पक्राउ परेका छन् । उनको यो मुद्घा किनारा लागि सकेको बताइएको छ ।

सो अवधिमा बाल यौन दुरुपयोगका तीनवटा मुद्घा दर्ता भएका छन् । ती मध्ये दुईवटा फस्र्याेट भइसकेका छन् भने एउटा प्रक्रियामा छ । घटनामा संलग्न दुईजनामध्ये एकजना पक्राउ परे पनि अरु एकजना प्रहरीको सर्वाधिक खोजीको सूची वा फरार सूचीमा रहेको बताईएको छ ।

पक्राउ परेका अभियूक्त विरुद्घ कार्य अनुसारको मुद्घा दर्ता गरी थप अनुसन्धान गरेर जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित कार्यालयमा उपस्थित गराउने गरेको छ । यी मध्ये थोरै प्रक्रिया पुगेर धरौटीमा रिहा भएका छन् भने धेरै पूपक्षका लागि जेल चलान भएको कार्यालयको भनाई छ ।

महिला तथा बालबालिमामाथि हुने हिंसाका घटनामा झण्डै तीनबर्षका नाबालिका देखि ७०÷७५ उमेर समूहका महिला पर्ने गरेका छन् । नगरमा यस्ता घटनामा कमि ल्याउन स्थानीय प्रशासनले बेला बेलामा विभिन्न होटल, लजहरुमा छापा मार्ने, अश्लील फिल्म प्रदर्शन गर्ने स्थानको पहिचान गरी सीडीहरु जफत गर्ने, तथा हेर्नेहरुलाई समेत पक्राउ गरी कारवाही गर्न थालेका प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा अन्तर्गत बाहुनडाँगी, नकलबन्दा, सतिघट्टा तिरीङ्ग प्रहरी चौकी रहेका छन् । ती कार्यालयलाई सिङ्गो मेचीनगर नगरपालिकाको कुल १५ वटा वडाहरुमध्ये दशवटाका जनताको जीउधनको सुरक्षाको जिम्मा रहेको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा स्रोतका अनुसार तिरीङ्ग प्रहरी चौकीले मेचीनगरको वडानम्बर १, २ र ३ को केही भाग, बाहुनडाँगीले २, ४ र ३ को केही भाग तथा नकलबन्दाले ५,८ र ६ नम्बर वडाको केही भाग सतिघट्टाले वडानम्बर ७ लगायतका आसपासमा हुने आपराधिक घटना तथा सीमाक्षेत्रबाट हुने अवैध व्यापारको नियन्त्रण र रोकथाम गदैं स्थानीय वडावासीलाई सुरक्षा प्रदान गदैं आएका छन् ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु