Tuesday, May 11, 2021
- बिज्ञापन -
गृह समाजपिकअपको ठक्करबाट झापाका प्रहरी जवानको मृत्यु

पिकअपको ठक्करबाट झापाका प्रहरी जवानको मृत्यु

इटहरी, वैशाख २२ । इटहरीमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक झापा कचनकवल गाउँपालिका ६ का कमलबहादुर खड्का रहेका छन् । उनी इलाका प्रहरी कार्यालय चिमडिमा प्रहरी जवानमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ६ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ७८१६ नं. को पिकअपले पूर्वतर्फ जाँदै गरेको को २० प ४६८३ नं. को मोटरसाइकललाई ठक्कर दिदाँ एकजनाको मृत्यु भएको हो ।

पिकअपको ठक्करबाट ३३ वर्षीय खड्का गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार गम्भीर घाइते भएका उनको उपचारको लागि धरानस्थित वीपी प्रतिष्ठान पठाएको अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

पिकअप चालक तेह्रथुम लालीगुँरास ६ बस्ने ४६ वर्षीय भगतबहादुर लिम्बू इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु