Thursday, June 24, 2021
- बिज्ञापन -
गृह खेलकुदविश्वकप छनोट: आज नेपालले अष्ट्रेलियासँग खेल्ने

विश्वकप छनोट: आज नेपालले अष्ट्रेलियासँग खेल्ने

काठमाडौं । विश्वकप छनोट फुटबल अन्तर्गत आज नेपालले अष्ट्रेलियासँग खेल्दैछ । विश्वकप तथा एसिया कप छनोटको अन्तिम खेलमा नेपाल र अष्ट्रेलियाको खेल कुवेत सिटीमा राति पौने १० बजे शुरु हुनेछ ।

समूह ‘बी’ को एकमात्र अपराजित टोली अष्ट्रेलियाले पहिलो खेलमा नेपाललाई घरेलु मैदानमा ५–० ले हराएको थियो ।

पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया र पहिलो पटक दोस्रो चरणको छनौटमा पुगेको नेपालबीचको खेल रोमाञ्चक हुने अनुमान रहेको छ।

समूहमा ६ खेलबाट १८ अंकसहित अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ भने नेपाल ६ अंकसहित चौथो स्थानमा छ ।

पाँच टिम सहभागी समूहमा नेपालले पुछारको चाइनिज ताइपेईलाई दुवै खेलमा हराउँदा जोर्डन र कुवेतसँग दुवै खेल हारेको थियो ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु