२८ कार्तिक, झापा : झापा जिल्ला फुटबल संघको आयोजनामा भएको एडिभिजन नेपाल आइस झापा जिल्ला स्तरीय लिग तथा नकाउट फुटबल प्रतियोगिता २०७८ को दोस्रो दिन भएको खेलमा मनास्लु क्लब कालिस्थानले सैनिक युथ क्लब बिर्तामोडलाई १ का बिरुद्ध ३ गोलले पराजित गरेको छ ।
खेलको म्याम अफ द म्याच मनास्लु क्लबका जर्सी नम्बर ३ का रोजन न्यौपाने गोषित भएका थिए । उनलाई झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनिष दाहालले नगद रु. १५ सय तथा ट्रफी प्रदान गर्नु भएको थियो ।
भोलिको खेल काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टर काँकरभिट्टाका विरुद्ध गोर्खा स्र्पोटिङ्ग क्लब दमकका बीच दिनको ठीक ३ बजे डोमालाल रंगशालमा सञ्चलान हुने झापा जिल्ला फुटबल संघका महासचिब सुन्दर बस्नेतले जानकारी दिनु भयो ।