२८ मंसिर : कतारमा जारी विश्वकप फुटबलको गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई उछिनेका छन्।
भर्खरै सम्पन्न क्राएसियाविरुद्धको सेमिफाइनल खेलमा एक गोल र एक असिस्ट गरेपछि मेसीले एम्बाप्पेलाई उछिनेका हुन्।
जारी विश्वकपमा मेसी र एम्बाप्पले समान पाँच गोल गरेका छन्। तर असिस्टमा मेसी अगाडि लागेका छन्। मेसीको तीन असिस्ट छ भने एम्बाप्पेकोको दुईमात्र छ।
विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट पाउँछन्। यदि गोल संख्या बराबरी भएका असिस्ट बढी गर्नेले पाउँछ।
जारी विश्वकपमा एम्बाप्पेले अझै दुई खेल खेल्न बाँकी छ। यसैले उनले मेसीलाई जित्न सक्छन्। अब मेसीले भने फाइनलमात्र खेल्न बाँकी छ।