११ पुस, मेचीनगर : डिसेम्वर २७ देखि २९ तारिखसम्म वंगलादेशमा हुनगईरहेकाे अन्तर्राष्ट्रिय विजी कराते च्याम्पियनसिप २०२२ मा सहभागी हुन् नेपाली टाेली साेमबार त्यसतर्फ प्रस्थान गरेकाे छ । झापाकाे मेचीनगर- ६ काँकडभिट्टामा मेचीनगर नगरप्रमुख गाेपालचन्द्र बुढाथाेकी, उपप्रमुख मीना पाेखरेल उप्रेतीले खेलाडीकाे सम्मानसहित विदाई गर्नुभयाे । उहाँहरूले खेलाडीलाई उच्च मनाेवलका साथ अनुशासीत भएर आफ्नाे खेल प्रदर्शन गर्न सुझाव समेत दिनुभयाे ।
खेलाडीहरू राष्ट्रका गहना भएकाले उनीहरूकाे सम्मान , खेलकुदक्षेत्रकाे विकास तथा प्रवर्द्धनमा स्थानीय सरकार लाग्ने समेत उहाँहरूले प्रतिवद्धता व्यक्त गर्नुभयाे । करातेका रेफ्री बमबहादुर श्रेष्ठको कमाण्डमा अफिसियलसहित १८ सदस्यीय नेपाली टाेली बंगलादेश प्रस्थान गरेकाे हाे ।
टाेलीमा टिम काेच विनाेद शाक्य गुभाजु, टिम म्यानेजर अविशा शाक्य,अफिसियलहरू कुवेरमान राई, बाबुराम श्रेष्ठलतथा खेलाडीहरूमा प्रमाेद राई,अनिल पाण्डे, धनकुमार राई, आर्या शाक्य,विकाश केसी, नुदन साम्पाङ्ग राई, अशेष मगर, कर्ण जेन्जिङ शेर्पा,कर्साङ तामाङ, नवीन पुन मगर, प्रकाश ओली, विवेक गुरूङ र दिपक खड्का हुनुहुन्छ । प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, भुटान, मलेशिया, श्रीलंकागरी सातवटा देशले सहभागितामा जनाएका छन् । विजेताले नगदसहित ट्रफी प्राप्त गर्ने छन् ।