७ माघ, झापा : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल झापाको आयोजनामा ११औं खेलकुद महोत्सव सुरु भएको छ । झापाको हल्दीबारी ३ स्थित चिल्ड्रेन गार्डेन इङ्गलिस बोर्डिङ्ग स्कुलको खेल मैदानमा आज जिल्ला स्तरीय फूटबलको समुद्घाटन भएको छ भने एथलेटिक्स तर्फको १०० मिटर छात्र/छात्रा र २०० मिटर छात्र/छात्राको खेलहरु सम्पन्न भएका छन् ।
त्यसैगरी आजै भएको छात्र तर्फको २०० मिटर दौंडमा चिल्ड्रेन गार्डेन अंग्रेजी मा.वि.का राज मेचे, अरुणोदय आवासीय मा.वि.का संजोग राउत र फाक्तालुङ्ग एजुकेशन फाउण्डेशनका सुवास खत्रीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छने ।
सम्पूर्ण विजेता विद्यालयका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय निजी तथा अवासीय विद्यालय एशोसिएसन नेपाल प्रदेश नं. १ का उपाध्यक्ष रामकुमार राजवंशी, एनप्याब्सन झापाका उपाध्यक्ष एवम् खेलकुद संयोजक प्रेम शेर्मा, एनप्याब्सन झापाका स
कार्यक्रममा एनप्याब्सन मेचीनगरका कोषाध्यक्ष दिपेन्द्र प्रधान, एनप्याब्सन मेचीनगरका सदस्य नवराज सुवेदी, अरुणोदय आवासीय मा.वि.का. प्रधानाध्यापक दुर्गाबहादुर लुइटेल, तोपगाछी मोडल इङ्गलिस स्कुलका प्रधानाध्यापक गिरीराज वस्नेत, लोफोफोरस इङ्गलिस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक सागर गुरुङ्ग, शान्तिपथ बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक कञ्चन गौंतम लागायतको उपस्थिति रहेको थियो ।
एनप्याब्सन झापाका अध्यक्ष खिवराज भट्टराईको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन एनप्याब्सन मेचीनगरका अध्यक्ष भगिरथ राईले गर्नु भएको थियो ।
विगतका वर्षहरु झै यस वर्ष पनि एनप्याब्सनले बढीभन्दा बढी विद्यार्थीहरुको सहभागीतामा विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिरहेको छ । यस अन्तर्गत फूटबल, भलिबल, एथलेटिक्स, टेबल टेनिस, वक्तृत्वकला, हाजिरी जवाफ र साँस्कृतिक कार्यक्रम समावेश गरिएको एनप्याब्सन झापाका अध्यक्ष खिवराज भट्टराईले बताउनु भयो ।
एनप्याब्सन जिल्ला स्तरीय खेलकुद कार्यक्रमको समापन वृहत साँस्कृतिक कार्यक्रम सहित आगामी माघ २१ गते इष्ट होराइजन मा.वि. धुलाबारीमा गरिने एनप्याब्सन झापाका खेलकुद संयोजक प्रेम शेर्माले बताउनु भयो ।