२८ माघ, मेचीनगर : अरुणोदय आवासीय माध्यमिक विद्यालयद्वारा आयोजित अरुणोदय म्याराथनको उपाधि राज दर्जी र श्रेया गौतमले जितेका छन् । शनिबार बिहान ७ः३० बजेबाट सुरु भएको ८ किलोमिटर लामो म्याराथुन दौंडमा अरुणोदय आवासीय मा.वि.बाट मेचीनगर ७ सतिघटा सम्म र सतिघट्टाबाट अरुणोदय मा.वि सम्म सञ्चालन भएको थियो ।
म्याराथन दौडको छात्र तर्फको दौडमा कक्षा ७ मा अध्ययनरत छात्र राज दर्जी प्रथम, कक्षा ६ मा अध्ययनरत छात्र मन्दिप भूजेल द्वितीय र कक्षा १० मा अध्यययनरत छात्र सुजिव गौतम तृतीय बन्न सफल भएका छन् ।
त्यसै गरी छात्रा तर्फ अरुणोदय आवसीय माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा श्रेया गौतम प्रथम, कक्षा ७ मा अध्ययनरत छात्रा संध्या मगर द्वितीय र कक्षा ९ मा अध्ययतरत छात्रा दिपशिखा भूजेल तृतीय भएका छन् ।
विद्यार्थीहरुको उत्साहवर्धक सहभागिता सहित कुल २३४ जना छात्र/छात्राहरुले उक्त म्याराथुन दौडमा भाग लिएको विद्यालयका खेल शिक्षक अशिष ढुङ्गगेलले बताउनु भयो ।
विजेताहरुलाई पुरस्कार तथा प्रमाण पत्र विद्यालयको वार्षिक खेलकुद तथा साँस्कृतिक कार्यक्रमको अवसरमा यही फागुन ५ गते वितरण गरिने विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइटेलले बताउनु भयो ।