घेराबारी , पुस २१ । प्रथम घेराबारी नकआउट गोल्डकप -२०७७ को आज मङ्गलबार सम्पन्न खेलमा घेराबरी फूटबल क्लबले विर्तामोड युनाइटेड फूटबल क्लबलाई ५ – ३ गोल अन्तरले हराउदै सेमी फाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।
झापा कचन कवल – १ स्थित घेराबारी युवा परिवारको आयोजनामा पूर्व देउराली खेल मैदानमा सम्पन्न रोमान्चक खेलमा घेराबारी एफसीको तर्फबाट जर्सी नम्बर १४ का कर्ण लिम्बूले ह्याट्रिक गरेका छन् । लिम्बूले खेलको २५ , ५३ र ५५ औँ मिनेटमा गोल गरेका थिए । त्यसैगरी घेराबारीकै जर्सी नम्बर ११ का शक्ति राईले खेलको ३१ र ६० औँ मिनेटमा २ गोल गरेका थिए ।
विर्तामोड यूनाइटेड एफसीको तर्फबाट जर्सी नम्बर १० का योगेश गुरुङले खेलको ४७ र ५७ औँ मिनेटमा २ गोल गरेका थिए । त्यसैगरी विर्तामोडका जर्सी नम्बर १३ का रुपेश केसीले खेलको ४९ औँ मिनेटमा एक गोल गरेका थिए ।
खेलको ‘ म्यान अफ द म्याच’ घेराबारीका कर्ण लिम्बू र ‘ बेस्ट पब्लिक च्वाइज ‘ विर्तामोडका योगेश गुरुङ घोषित भए ।
ए डिभिजन र राष्टिय टोलीमा समेत समावेश भएका खेलाडीको खेल हेर्न पाउदा स्थानीय खुसी बनेका छन् र खेल हेर्न टाढा टाढाबाट आउने गरेका गोल्डकपका आयोजक तथा श्री घेराबरी यूवा परिवारका अध्यक्ष देउकुमार माबो लिम्बूले जानकारी दिनुभयो ।
पुस २० गतेबाट सन्चालन भई २८ गते समापन हुने खेलमा गोल्डकपको विजेताले नगद रु . ५० हजार र उप विजेताले ३० हजार पाउने छन् ।
भोलिको खेल झापा एफसी राजगढ र शिव सताक्षी एफसी बीच हुनेछ ।