घेराबारी , पुस २२ । झापा कचन कवल – १ घेराबारीस्थित जारी प्रथम घेराबारी नकआउट गोल्डकप -२०७७ को आज बुधबार सम्पन्न खेलमा झापा फूटबल क्लब राजगढले शिव सताक्षी फूटबल क्लब झिलझिलेलाई ४ – १ गोल अन्तरले हराउँदै सेमी फाइनलमा प्रवेश गरेको छ ।
घेराबारीको पूर्व देउराली खेल मैदानमा सम्पन्न आजको खेलमा झापा एफसी राजगढका तर्फबाट जर्सी नम्बर ९ का गणेश हेमरमले खेलको १४ औँ मिनेटमा पहिलो गोल गर्दै राजगढलाई अग्रता दिलाए । त्यसैगरी राजगढतर्फबाट खेलको २४ औँ मिनेटमा जर्सी नम्बर १९ का रोमन भुजेल र ४५ र ५७ औँ मिनेटमा जर्सी नम्बर १७ का राजकुमार कन्दङवाले थप २ गोल गर्दै टिमलाई विजयी बनाए । शिव सताक्षी फूटबल क्लब झिलझिले को तर्फबाट खेलको २० औँ मिनेटमा जर्सी नम्बर ९ का सञ्जिव बुडाथोकीले मात्र सान्त्वना एक गोल गरे ।
खेलको ‘ म्यान अफ द म्याच’ झापा एफसी राजगढका राजकुमार कन्दङवा घोषित भए । श्री घेराबारी युवा परिवारको आयोजनामा पुस २० गतेबाट सन्चालन भई २८ गते समापन हुने खेलमा गोल्डकपको विजेताले नगद रु . ५० हजार र उप विजेताले ३० हजार पाउनेछ ।
भोलिको बिहीबारको खेल ज्ञानेचोक फूटबल क्लब पृथ्वीनगर र शनिश्चरे फूटबल क्लब बीच हुनेछ ।