२८ फागुन, काँकरभिट्टा : मिलन मोर त्रिभेनी साङ्गा फुटबल क्लब सिलगुढी भारत झापाको मेचीनगरमा जारी सेभेन हर्स तेस्रो इण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
काँकरभिट्टा माविको खेल मैदानमा आइतबार भएको खेलमा आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लबलार्ई ४-३ गोल अन्तरले पराजित गर्दै मिलन मोर सिलगुढीले अघिल्लो चरण प्रवेश गरेको हो ।
दोस्रो हापदेखि सुधारीएको खेल खेलेको आयोजकले थुप्रै अवसरहरु सदुपयोग गर्न सकेन । थुप्रै प्रहारहरु पोलमा लागेर फर्कियो । आयोजकका सुजन शाक्यले खेलको ५६ र ६१ औं मिनेटमा गोल गर्दै खेलमा ह्याट्रिक पसरा गरे । तर, उनले ह्याट्रिक गरेपनि हारबाट जोगिन नसक्दा आयोजक प्रतियोगिताबाट बाहिरियो ।
काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको सह-आयोजना र मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगितामा नेपालर भारतको १० चर्चित भेट्रान फुटबल क्लब सहभागी रहेका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।