मेचीनगर, माघ ४ । मेचीनगरको काँकरभिट्टामा जारी स्व. अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलमा काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगरले रेड स्टार फुटबल क्लब विर्तामोडलाई पराजित गरेको छ ।
अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा काकँरभिट्टा ट्रेनिङ सेन्टरले रेड स्टार विर्तामोडलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटारफाईनलमा प्रवेश गरेको छ ।
मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा आज भएको प्रतियोगितामा विजयी टिम काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको तर्फबाट विशाल दर्जीले व्यक्तिगत २ गोल गर्दै टिमलाई विजयी बनाए । रेडस्टारको तर्फबाट रोमन भुजेलले १ गोल गरे
प्रतियोगितामा उत्कृष्ट खेल्दै २गोल गर्न सफल काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका विशाल दर्जी म्यान अफ दि म्याच घोषित भए । उनलाई काकँरभिट्टा भेट्रान क्लबका अध्यक्ष गं्गालाल गुरुङ्गले नगद सहित ट्रफि प्रदान गरे ।
भोलिको पहिलो क्वाटारफाईनल खेल धरान गार्डेन फुटबल क्लब सुनसरी र रोलिङ क्लब धुलाबारी बिच दिनको २ः३० बजे हुने आयोजकका सल्लाहकार डिल्लिराम अधिकारीले हाम्रो खबरपाटीलाई जानकारी दिए ।
तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित प्रतियोगितामा ९ वटा टिमले सहभागिता जनाएका छन् ।प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफि पाउने छन् ।