मेचीनगर, माघ ६ । मेचीनगरको काँकरभिट्टामा जारी स्व.अर्जुन तामाङ स्मृति खुल्ला नकआउट ‘नाईन साइड फुटबल प्रतियोगिताको मङ्गलबार सम्पन्न पहिलो सेमी फाइनल खेलमा शिवसाताक्षी फूटबल क्लबले काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगरलाई ४ – २ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
मेचीनगर -६ स्थित तुर्केनी खेल मैदानमा सम्पन्न आजको खेलमा शिवसाताक्षी एफसीका तर्फबाट जर्सी नम्बर ७ का रेजिन माझीले खेलको १९ औँ मिनेटमा पहिलो गोल गर्दै शिवसाताक्षी एफसी लाई अग्रता दिलाए ।
त्यसैगरी शिवसाताक्षी एफसीकै तर्फबाट खेलको २१ औँ मिनेटमा जर्सी नम्बर १४ का प्रविन राई ,४७ औँ मिनेटमा जर्सी नम्बर ९ का रोहन कार्की र इन्जुरी समयमा जर्सी नम्बर ७ का रेजिन माझीले थप १ गोल गर्दै फाइनमा आफ्नो स्थान पक्का पारे । काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको तर्फबाट भने जर्सी नम्बर ३ का विशाल दर्जीले खेलको १९ र ३६ औँ मिनेटमा व्यक्तिगत २ गोल गरे पनि हारबाट जोगाउन सकेनन् ।
खेलको ‘ म्यान अफ द म्याच’ शिवसाताक्षी एफसीका तर्फबाट जर्सी नम्बर ९ का रोहन कार्की घोषित भए । उनलाई नेपाल राष्ट्रिय ढुवानी सेवाका केन्द्रीय सदस्य श्याम प्रसाईले नगद सहित ट्रफि प्रदान गरे ।
भोलिको दोस्रो सेमी फाइनाल खेल धरान गार्डेन फुटबल क्लब ,सुनसरी र डीवाईपी फुटबल क्लब डुडाँमारी, झापा बिच दिनको २ः३० बजे हुने आयोजककाले जानकारी दिए ।
तुर्केनी फुटबल क्लवको आयोजनामा माघ २ गते बाट सन्चालन भई माघ ९ गते समापन हुने खेलमा गोल्डकपको विजेताले नगद रु.५० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफी पाउने छन् ।