कनकाईमा जारी पालिकास्तरीय फुटबल प्रतियोतिा अब दोस्रो चरणमा प्रवेश

कनकाई १० माघ : झापाको सुरुङ्गामा जारी जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिता अन्तर्गत पहिलो चरणको खेल समापन भएको छ ।

दोस्रो चरणमा प्रवेश गरेको प्रतियोगिताको आज बुधबार शिवसताक्षी नगरपालिका र हल्दिबारी गाउँपालिका विच भएको खेल अवधिभरमा दुवै पक्षबाट कुनै पनि गोल नभएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा भएको निर्णय अनुसार शिवसताक्षी बिजेता बनेको आयोजक समितिले जनाएको छ । यो जीतसँगै शिवसताक्षीले अब सेमी फाइनलको यात्रा पक्का गरेको छ । खेलको म्यान अफ द म्याच शिवसताक्षीकै जर्सी नं.२ का खेलाडी निकेश श्रेष्ठ घोषित भए ।

‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ भन्ने मुल नाराका साथ खेलकुदका विभिन्न गतिविधिहरु संचालन गर्दै आएको कनकाई खेलकुद प्रतिष्ठानले प्रतियोगिता संचालन गरेको हो । कनकाई माविको खेल मैदानमा माघ ६ गतेदेखी संचालन भएको पुरुष फुटबल प्रतियोगितामा झापाका १० वटा पालिकाले सहभागीता जनाएका छन् ।

एक विशेष समारोहका विच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलबाट उद्घाटन गरिएको प्रतियोगिता अन्तर्गत आज बुधबारबाट दोस्रो चरणको खेल संचालन भएको बताइएको छ । दोस्रो चरणको पहिलो खेलमा शिवसताक्षी नगपालिका र हल्दिबारी गाउँपालिका विच प्रतिस्पर्धा भइरहेको आयोजक समितिका खेल संयोजक रमेशचन्द्र मैनालीले जानकारी दिए ।

पहिलो चरणको खेलबाट क्रमशः गौरीगञ्ज, बुद्धशान्ती, कमल गाउँपालिका र अर्जुनधारा नगरपालिका बाहिरिएका छन् । दोस्रो चरणकालागी कनकाई नगरपालिका, झापा गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिकाले आफ्नो यात्रा तय गरेका छन् ।

प्रतियोगिताको हरेक दिनको खेलमा स्थानीय खेलप्रेमी व्यक्तित्वहरुबाट म्यान अफ द म्याच बापतको नगद पुरस्कार रु.२ हजार १सय सहयोग स्वरुप प्राप्त हुँदै आएको छ । प्रतियोगितामा म्यानअफ द म्याच स्पोन्सर गर्नेहरुमा क्रमशः स्थानीय नर्वदा किराना पसलका संचालक केशव श्रेष्ठ, पालिघरका संचालक समेत रहेका भेट्रान क्लवका अध्यक्ष श्याम राई, प्रतिष्ठानका निवर्तमान अध्यक्ष दिननाथ खतिवडा, एल.एस.कन्स्ट्रक्सन कम्पनीका संचालक डम्बर फुयाल, जगदम्बा हार्डवेयरका संचालक याम संग्रौला, क्याम्ब्रीज आइटी कलेजका संचालक श्रीकृष्ण उप्रेती लगायत रहेका छन् । मंगलबारको खेलमा पुर्व राष्ट्रिय खेलाडी लयप्रसाद उप्रेतीले पहिलो गोल कर्तालाई पुरस्कार स्वरुप नगद १ हजार प्रदान गरेको प्रतिष्ठानकी सचिव मान्ता खरेलले जानकारी दिएकी छन् ।

माघ १७ गते समापन हुने प्रतियोगिताको प्रथम पुरस्कारका रुपमा १ लाख ११ हजार साथै दोस्रो पुरस्कार ७५ हजार नगद, प्रमाण पत्र र ट्रफीको व्यवस्थापन गरेको प्रतिष्ठानका अध्यक्ष छवी थपलियाले जानकारी दिए । प्रत्येक दिनको मेन अफ द म्याचको नगद पुरस्कार रु.२ हजार१ सय रहेको छ भने खेल अवधिभरका उत्कृष्ट गोल किपर, सर्वाधिक गोल कर्ता, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर लगायतको पुरस्कार जनही नगद २ हजार १ सय साथै मेन अफ दि सिरिज रु. ५ हजारको नगद पुरस्कार व्यवस्थापन गरेको अध्यक्ष थपलिया बताउँछन् ।

अबको खेल दुई दिनपछि माघ १३ गते बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिका बिच हुने कनकाई खेलकुद प्रतिष्ठानकी उपाध्यक्ष अम्बिका खरेलले बताएकी छन् । प्रतियोगिताको अन्तिम फाइनल खेल १७ गते सम्पन्न हुने उपाध्यक्ष खरेल बताउँछिन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.