दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

९ वैशाख, काठमाडौँ : अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको छ ।

अमेरिकास्थित नेपाली संघसस्थाले आयोजना गरिएको अक्सनमा दीपेन्द्र सिंह ऐरीको जर्सी सबैभन्दा बढी मूल्यमा विक्री भएको हो । दीपेन्द्रको जर्सी क्रिस्टल कडेलले १ हजार ५० डलरको बोली लगाएका हुन् ।

टेक्सस राज्यको अर्भिङ् सहरमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेट समर्थकहरुसँग अन्तरक्रिया गरेका छन् । कार्यक्रममा नेपालको ग्रासरुट क्रिकेटको विकासका लागि गरिएको फण्ड रेजरमा करिब १५ लाख नेपाली रुपैयाँ संकलन भएको नेपाली समाज टेक्ससका खेल संयोजक निलेश श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा ब्याट र जर्सीको अक्सन पनि गरिएको थियो । नेपाली क्रिकेट टोलीका खेलाडीले हस्ताक्षर गरेको ब्याट ४ सय ५० अमेरिकी डलर मा विक्री भएको छ । कप्तान रोहित पौडेलको जर्सी ५ सय डलरकोको बोली लागेको थियो ।

कागजपत्रडटकम

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.