१५ जेठ, काँकरभिट्टा : काँकरभिट्टा फूटबल ट्रेनिङ्ग सेन्टरद्वारा एन्फाको यु–१३ मा छनौंट हुन सफल खेलाडीहरुलाई आज एक कार्यक्रमका बीच बिदाइ गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् झापा जिल्ल फूटबल संघका अध्यक्ष शेरबहादुर(सुन्दर) बस्नेत, विशेष अतिथि काँकरभिट्टा भेट्रान फूटबल क्लबका अध्यक्ष एवम् केएफटिसीका सल्लाहकार गंगालाल गुरुङ्ग, नाइट चेस क्लबका उपाध्यक्ष राजु पौडेल, मेची फूटबल क्लबका अध्यक्ष बिक्रम राई, काँकरभिट्टा फूटबल ट्रनिङ्ग सेन्टरका पदाधिकारी लगायतले खदा तथा जर्सी हस्तान्तरण गरी बिदाइ गरिएको थियो ।
मेचीनगरबाट जम्मा ६ जना खेलाडी छनौटमा पर्न सफल भएकामा वडा नम्बर ६ बाट छनौंट हुन सफल अंश गुम्ता, आभाष तामाङ्ग र कृतेन बुडाथोकीलाई सफलताको शुभकामना सहित बिदाइ गरिएको थियो ।
झापाबाट जम्मा १५ जना खेलाडीहरु छनौटमा परेको र सबैलाई एन्फा एकाडेमीमा राखेर ४ वर्ष तालिम दिइने र उनीहरुको शिक्षाको समेत एन्फाले नै व्यवस्था गर्ने क्लबका अध्यक्ष मिनबहादु बस्नेतले बताउनु भयो ।
क्लबका अध्यक्ष मिनबहादुर बस्नेतको अध्यक्षतामा सञ्चालित कार्यक्रममा क्लबका उपाध्यक्ष नवराज ओलीले स्वागत मन्तन्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन क्लबका सचिव लाक्पा तामाङ्गले गर्नुभएको थियो ।