विश्वकपक खेल्न सन्दीप वेष्टइडिजमा : दिए सबैलाई धन्यवाद

काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज पुगेका सन्दीप लामिछानेले सबैलाई धन्यवाद दिएका छन् ।

विश्वकपमा सहभागी गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले क्यान पदाधिकारीहरूको नाम जोडेर फैलाइएका प्रपोगाण्डामा विश्वास नगर्न पनि उनले आग्रह गरेका छन् ।

उनले विश्वकप क्रिकेटमा सहभागितालाई सम्भव बनाउन क्यान अध्यक्ष चतुर बहादुर चन्द, क्यानका सचिव पारस खड्का, वकिल सरोज घिमिरे, विनोद दास लगायतलाई धन्यवाद दिएका छन् ।

उनले भनेका छन्, ‘चतुर सर र पारस दाइजस्ता महत्त्वपूर्ण व्यक्तित्वहरूको छविलाई कलङ्कित गर्न झुटो प्रचार भइरहेको छ । त्यस्ता प्रपोगाण्डामा विश्वास नगर्नुहोला । उनीहरूकै पहल र सक्रियताले मेरो विश्वकप सहभागिता सम्भव भएको छ ।’

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.