नेपाल र श्रीलङ्काबीचको खेल रद्द

अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल रद्द भएको छ ।

वर्षाका कारण अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा हुने भनिएको खेल रद्द भएको हो ।

खेल रद्द भएसंगै नेपाल र श्रीलंकाले १-१ अंक बाडेका छन् ।

रंगशालामा बाक्लो संख्यामा उपस्थित र टेलिभिजन लाइभको प्रतीक्षामा बिहानैदेखि बसेका नेपाली समर्थक निराश बनेका छन् । नेपालले एक टेस्ट राष्ट्रसँग खेल्ने मौका गुमाएको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.