साफ यू-१९ च्याम्पियनशिपमा, नेपाल भारतसँग समूह ‘बी’ मा

काठमाडौं : आगामी मे ९ देखि १८ तारिखसम्म भारतको अरुणाञ्चल प्रदेशमा हुने तेस्रो संस्करणको साफ यू-१९ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपाल आयोजक भारतसँगै समूह ‘बी’ मा परेको छ। मंगलबार काठमाडौंमा आयोजित ड्र कार्यक्रममा नेपालको समूह निर्धारण भएको हो।

प्रतियोगितामा भारतसहित नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्। नेपालको समूह ‘बी’ मा आयोजक भारतसँगै श्रीलंका रहेको छ भने समूह ‘ए’ मा बंगलादेश, भुटान र माल्दिभ्स परेका छन्।

गत वर्ष नेपालमै सम्पन्न साफ यू-१९ च्याम्पियनशिपमा भारतले पाकिस्तानलाई पराजित गर्दै उपाधि जितेको थियो। सन् २०२४ मा भने यू-२० साफ च्याम्पियनशिप आयोजना गरिएको थियो।

प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइनेछ, जसअनुसार समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगितामा कुल ९ खेल हुनेछ, जुन अरुणाञ्चल प्रदेशको युपियास्थित गोल्डन जुब्ली स्टेडियममा खेलाइनेछ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

सैनिक सेवाबाट निवृत्तपछि कुखुरापालनमा रमाउँदैं मेचीनगरका खड्का

८ बैशाख, मेचीनगर ः २२ वर्ष ७ महिना सैनिक जीवनमा रमाएका झापा मेचीनगर —२ का ४४ वर्षीय कुवेर खडका यतिखेर...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.