काँकरभिट्टा, २६ माघ | काठमाण्डौंमा जारी अल नेपाल मेमोरियल ओपन स्नुकर प्रतियोगितामा सहभागी जनाउनका लागि झापाबाट दुईजना राष्ट्रिय खेलाडी सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
व्याल्याक एट पुल एण्ड क्लब मेचीनगरको प्रतिनिधित्व गदैं स्नुकरका राष्ट्रिय खेलाडी दावा तामाङ र दिप्सन राई काठमाण्डौं प्रस्थान गर्नुभएको हो । उहाँहरुलाई सफलताको शुभकामनासहित विदाई गरिएको थियो । विदाई कार्यक्रममा युमा चेस एकाडेमी मेचीनगरका महासचिव राजु पौडेल व्याल्याक एट पुल एण्ड क्लबका अध्यक्ष निमा वाङग्ेल तामाङले आफ्नो मनोवल उच्च पारेर खेल प्रदर्शन गर्न सुझाँव दिनुभयो । कार्यक्रममा भाष्कर आचार्य, सुवास तामाङलगायतले खेलाडीद्वयलाई खादा पहिर्याएर विदाई गर्नुभएको थियो ।
पुस २४ गतेदेखि नकआउटका आधारमा जारी प्रतियोगितामा मंगलबार काठमाण्डौंका सञ्जय मुलीसँग दावा र काठमाण्डौंकै केशव केसीसँग दिप्सनले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेताले नगद २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ नगदसहित शील्ड ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।