विश्व कराते च्याम्पियनसिप छनोटका लागि ४ खेलाडीसहित नेपाली टोली फ्रान्स जाँदै

फ्रान्सको पेरिसमा अक्टोबर १७ देखि १९ तारिखसम्म हुने विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। त्यसका लागि ६ सदस्यीय नेपाली टोली बुधबार फ्रान्स प्रस्थान गर्दैछ। यो छनोट प्रतियोगिताको हरेक स्पर्धामा शीर्ष ६ स्थानमा रहने खेलाडीहरू इजिप्टको काइरोमा नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने २७ औं संस्करणको विश्व कराते च्याम्पियनसिपका लागि छनोट हुनेछन्।

नेपालबाट एक पुरुष र तीन महिला खेलाडीले छनोटमा चुनौती प्रस्तुत गर्नेछन्। पुरुषतर्फ स्वनिम मानन्धरले एकल कातामा प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ एरिका गुरुङले ६८ केजीमाथि, वर्षा बुढाले ५० केजीमुनि र सविना श्रेष्ठले ५५ केजीमुनि तौल समूहमा आफ्नो कौशल देखाउनेछन्। स्वनिमको स्पर्धामा ४९, एरिकाकोमा ३४, वर्षाकोमा ३८ र सविनाकोमा ४६ प्रतिद्वन्द्वी रहेका छन्। यसअघि नै नेपालकी सानुमाया थिङले भने महिला एकल कातामा विश्व च्याम्पियनसिपका लागि इजिप्टको यात्रा पक्का गरिसकेकी छन्।

छनोटमा कूल १२ स्पर्धा समावेश छन् र ५ सय ४९ खेलाडी सहभागी हुनेछन्। टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ छन् भने अमिर राना टोली व्यवस्थापकको भूमिकामा रहनेछन्। उनी पेरिसमै अक्टोबर १६ मा हुने प्रशिक्षक परीक्षामा पनि सहभागी हुनेछन्। टोलीलाई सुशान्त अधिकारीले ट्रयाकसुट प्रायोजन गरेका छन्।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.