भारतको मेघालयस्थित शिलोङमा जारी त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत इरानविरुद्धको पहिलो खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।
नेपाली समय अनुसार आज (शुक्रबार) साँझ सवा ६ बजेदेखि सुरु हुने खेलका लागि नेपालको टोलीमा अनुभवी र युवा खेलाडीहरूलाई समावेश गरिएको छ।
नेपालको सुरुवाती ११:
- सावित्रा भण्डारी (कप्तान)
- अनिता बस्नेत
- पूजा राना
- समीक्षा घिमिरे
- हिरा कुमारी भुजेल
- रेनुका नगरकोटे
- रेखा पौडेल
- प्रीति राई
- एन्जिला तुम्बापो सुब्बा (गोलकिपर)
- सबिता राना मगर
- निशा थोकर




































