Thursday, June 24, 2021
- बिज्ञापन -
गृह खेलकुदएनएसएल :- पोखरासँग पराजित हुँदै एफसी चितवन प्रतियोगिताबाट बाहिरियो

एनएसएल :- पोखरासँग पराजित हुँदै एफसी चितवन प्रतियोगिताबाट बाहिरियो

२४ वैशाख, काठमाडौं । पोखरा थन्डर्स् एफसीले एफसी चितवनलाई जारी नेपाल सुपर लिग (एनएसएल)मा २-१ ले पराजित गर्दै प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा पोखराले र चितवनलाई २-१ गोल अन्तरले हराएको हो । यो हारसँगै एक खेल अगावै चितवन प्रतियोगिताबाट बाहिरिएको छ ।

चितवनले आफैले बनाएको अग्रता जोगाउन नसक्दा हार बेहोर्न बाध्य भयो । ७२ मिनेटमा शिशिर लेखीले गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए । तर ८६ औँ मिनेटमा नवयुग श्रेष्ठ र इन्ज्युरी समयमा राफायलले गोल गर्दै पोखरालाई जिताए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरे बापत चितवनका शिशिर लेखी ” इमर्जिङ प्लेयर अफ दि म्याच ” बन्दै नगद रु दस हजार प्राप्त गरे । त्यसैगरी पोखराका रवि पासवान “सुपर प्ले अफ दि म्याच “बन्दै नगद रु २५ हजार प्राप्त गरे ।

भोलिको पहिलो खेल विराटनगर सिटीसँग ललितपुर एफसी दिउँसो २ बजे र दोस्रो खेल धनगढी एफसीसँग बुटवल लुम्बिनी एफसी अपरान्ह ५:३० बजे काठमाडौँ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भिड्नेछन् ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु