Thursday, June 24, 2021
- बिज्ञापन -
गृह खेलकुदएनएसएल: पहिलो प्लेअफ आज, विजेता टिम फाइनलमा पुग्ने

एनएसएल: पहिलो प्लेअफ आज, विजेता टिम फाइनलमा पुग्ने

काठमाडौं,वैशाख २८ । नेपाल सुपर लिग फुटबल(एनएसएल)मा आज मंगलबार प्लेअफको पहिलो खेल हुँदैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलमा काठमाडौं रेजर्स र धनगढीले प्रतिस्पर्धा गर्दैछन्। शीर्ष स्थानमा रहँदै प्लेअफ प्रवेश गरेको काठमाडौंले लिग चरणमा ६ मध्ये ४ मा जित र एकमा बराबरी खेल्दै १३ अंक जोडेको थियो। धनगढीले ६ खेलबाट ३ मा जित र १ मा बराबरीको नतिजा निकालेर १० अंक जोडेको छ। आजको खेलमा जित निकाल्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ। पराजित टोलीले भने ललितपुर र बुटवल लुम्बिनी बीचको विजेतासँग इलिमिनेटेर खेल्नेछ।

प्लेअफको दोस्रो खेलमा भोलि ललितपुर सिटी र बुटवल लुम्बिनी भिड्नेछन्। नेपालमा आयोजित पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगितामा ७ टोली सहभागी भएका थिए। प्रतियोगिताको विजेताले ३५ लाख नगदसहित ट्रफी हात पार्ने छ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु