Wednesday, May 12, 2021
- बिज्ञापन -
गृह सूचना / प्रविधिआइफोनमा सुन्तला र हरियो डट देखा परे कसैले तपाइँको निगरानी गरिरहेछ

आइफोनमा सुन्तला र हरियो डट देखा परे कसैले तपाइँको निगरानी गरिरहेछ

आइफोन निर्माता कम्पनी एप्पलले हालै ‘आइओएस १४’ अपरेटिङ प्रणाली सार्वजनिक गरेको छ। नयाँ अपरेटिङ प्रणालीमा पुराना फिचर अपग्रेड गरिनुका साथै केही नयाँ फिचर थप गरिएको छ। नयाँ अपग्रेड गरिएका र थपिएका फिचरमध्ये एप्पलले गोपनियताको विषयलाई ध्यान दिएर एउटा महत्वपूर्ण फिचर प्रदान गरेको छ।

जसले फोनमार्फत प्रयोगकर्तालाई कसैले निगरानी गरिरहेको छ या छैन भनेर पत्ता लगाउन र त्यस्ता एप बन्द गर्न मद्दत पुग्नेछ। एप्पलले हाल आइफोनमा माइक्रोफोन र क्यामेराबाट कसैले जासुसी अथवा निगरानी गरिरहेको छ छैन भनेर जनाउनका लागि सानो सुन्तला रङ र हरियो रङको डट संकेत प्रदान गरेको छ। धेरै एपहरु प्रयोगगर्दा माइक्रोफोन र क्यामेराको लागि अनुमति प्रदान गर्नुपर्दछ। तर उक्त एपहरुबाट कसैले प्रयोगकर्ताको निगरानी गरिरहेको हुनसक्छन्।

कसैको जासुसी र निगरानीबाट बच्न सुन्तला रङ र हरियो डट फिचरले मद्दत पुर्याउनेछ। सुन्तला रङको डट बलेमा माइक्रोफोनबाट जासुसी अथवा निगरानी भइरहेको जनाउँछ भने हरियो ङको डट बलेमा क्यामेराबाट निगरानी भइरहेको भन्ने जनाउँछ। एप प्रयोगगर्दा कुनैपनि डट बलेन भने उक्त एप सुरक्षित भएको बुझ्न सकिने बताइएको छ। एजेन्सी

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु