लाइसेन्स कार्ड अब चाहिँदैन, जरिवाना डिजिटल पेमेन्ट गर्न सकिन्छ : प्रधानमन्त्री

काठमाडौं : सरकारले सवारी चलाउनका लागि ट्रायल पास गरेपछि दिने लाइसेन्स कार्ड अब आवश्यक नपर्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजालमा लेख्दै व्यक्तिको मोबाइलमै लाइसेन्स उपलब्ध हुने व्यवस्था गरिएको उल्लेख गरेका छन्।

‘सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘नागरिक एप मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने छ।’

सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

‘यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ। भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने छ।’ ओलीले लेखेका छन्, ‘नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको छ। कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौं। राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ।’

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.